Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

अदालतकी कर्मचारी कुटपिट प्रकरण : आइतबार अदालतका कर्मचारीले पेन डाउन गर्ने


१५ असार, काठमाडाैँ । अदालतकी कर्मचारी प्रेमिका सुब्बा कुटपिटको घटनाप्रति भर्तसना गर्दै आइतबार अदालतका कर्मचारीले पेन डाउन गर्ने भएका छन् ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै विभिन्न कर्मचारी संगठनले बिहान १० बजेदेखि दिउसो १ः ३० बजेसम्म पेनडाउन गर्ने जानकारी दिएका छन् ।

विज्ञप्तिमा कर्मचारीमाथि कुटपिट गर्ने कानुन व्यवसायी अमिर लामिछानेलाई कानुन बमोजिम कारबाहीको माग समेत गरिएको छ ।

संयुक्त विज्ञप्तिमा कार्यकक्षभित्रै कर्मचारी कुटपिट गर्ने कानुन व्यवसायीलाई रिहाइ गर्न उच्च अदालत बार ललितपुरले विज्ञप्ति निकालेको भन्दै आपराधिक घटनालाई बारले प्रोत्साहन गर्नु अत्यन्त दुःखद र भर्त्सना योग्य रहेको उल्लेख गरिएको छ  ।

यसै सम्बन्धका ललितपुर जिल्ला अदालतका कर्मचारीहरूले संयुक्त विज्ञप्ती जारी गर्दै दोषीलाई उन्मुक्ति दिनेगरी जारी गरिएको विज्ञप्ती खारेज गर्ने जानकारी दिएका छन् । अमानविय र अपराधिक कार्यलाई कोही कसैबाट उन्मुक्ति दिने कार्य पनि नहोस् भन्दै ध्यानाकर्षण गरिएको छ ।


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?