Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१९ माघ २०८२, सोमबार
१९ माघ २०८२, सोमबार

अदालतकी कर्मचारी कुटपिट प्रकरण : आइतबार अदालतका कर्मचारीले पेन डाउन गर्ने


१५ असार, काठमाडाैँ । अदालतकी कर्मचारी प्रेमिका सुब्बा कुटपिटको घटनाप्रति भर्तसना गर्दै आइतबार अदालतका कर्मचारीले पेन डाउन गर्ने भएका छन् ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै विभिन्न कर्मचारी संगठनले बिहान १० बजेदेखि दिउसो १ः ३० बजेसम्म पेनडाउन गर्ने जानकारी दिएका छन् ।

विज्ञप्तिमा कर्मचारीमाथि कुटपिट गर्ने कानुन व्यवसायी अमिर लामिछानेलाई कानुन बमोजिम कारबाहीको माग समेत गरिएको छ ।

संयुक्त विज्ञप्तिमा कार्यकक्षभित्रै कर्मचारी कुटपिट गर्ने कानुन व्यवसायीलाई रिहाइ गर्न उच्च अदालत बार ललितपुरले विज्ञप्ति निकालेको भन्दै आपराधिक घटनालाई बारले प्रोत्साहन गर्नु अत्यन्त दुःखद र भर्त्सना योग्य रहेको उल्लेख गरिएको छ  ।

यसै सम्बन्धका ललितपुर जिल्ला अदालतका कर्मचारीहरूले संयुक्त विज्ञप्ती जारी गर्दै दोषीलाई उन्मुक्ति दिनेगरी जारी गरिएको विज्ञप्ती खारेज गर्ने जानकारी दिएका छन् । अमानविय र अपराधिक कार्यलाई कोही कसैबाट उन्मुक्ति दिने कार्य पनि नहोस् भन्दै ध्यानाकर्षण गरिएको छ ।


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?