Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

जीप दुर्घटना हुँदा सात जना घाइते


१४ असार ,बाजुरा । जिल्लाको बूढीनन्दा नगरपालिका–१ पीपलडालीमा जीप दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा जना भने घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप दुर्घटनामा परेको हो । सडक छेउमा साइड दिने क्रममा जीप दुर्घटनामा परेको इलाका प्रहरीले जनाएको छ ।

जीप दुर्घटनामा परी मुगुको खत्याड गाउँपालिका–९ का १४ वर्षीय असल परियार घाइते भएको र सोही वडाका ३० वर्षीय पुन्न सार्की, ३० वषकै अर्का एक जना नन्दकृष्ण सार्की, ४९ वर्षका कृष्णबहादुर सार्की र हिमाली गाउँपालिका–४ का वर्ष ३५ का छम्मा सुनार, वडा नं ६ का वर्ष १८ का मानबहादुर सार्की सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक कविन्द्रिसं बोहराले बताए ।

घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको छ । दुर्घटनामा परेका सवार व्यक्तिकोे ढाड, कम्मर, आँखा, नाकमा चोट लागेको छ ।

दश जना यात्रु लिएर कोल्टीबाट धुलाचौरका लागि छुटेको जीप दिउँसो १ः३० बजे सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १४ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?