Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

साफको सेमिफाइनल समीकरण : फाइनलका लागि भारतले लेबनानसँग खेल्ने


१४ असार, काठमाडाैँ । भारतको बेङ्लोरमा जारी १४औँ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबार राति समूह ‘बी’ को अन्तिम खेलमा बङ्गलादेश भुटानलाई ३–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको छ ।

बङ्गलादेशले अन्तिम चारमा स्थान बनाएसँगै साफको सेमिफाइनल समीकरण पूरा भएको हो । बङ्गलादेश १४ वर्षपछि साफको सेमिफाइनलमा पुगेको हा । यसअघि बङ्गलादेश सन् २००९ मा घरेलु मैदानमा भएको च्याम्पियनसिपमा सेमिफाइनलमा प्रवेश गरेको थियो ।

बङ्गलादेशसँगै समूह ‘बी’ को विजेताको रूपमा लेबनान सेमिफाइनलमा पुगेको छ । यस्तै समूह ‘ए’ बाट कुवेत विजेता र साबिक विजेता भारत समूह उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा समूह ‘ए’ को विजेता कुवेतले समूह ‘बी’ को उपविजेता बङ्गलादेश र समूह ‘बी’ को विजेता लेबनानले समूह ‘ए’ को उपविजेता लेबनानसँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनल खेल शनिबार हुनेछ ।

लेबनान र कुवेतले पहिलो पटक आमन्त्रित टोलीको रूपमा सहभागिता जनाएका हुन् । साफमा सहभागी आठ टोलीमध्ये नेपाल, पाकिस्तान, माल्दिभ्स र भुटान समूह चरणबाट बाहिरिए ।


प्रकाशित मिति: १४ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?