Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

साफको सेमिफाइनल समीकरण : फाइनलका लागि भारतले लेबनानसँग खेल्ने


१४ असार, काठमाडाैँ । भारतको बेङ्लोरमा जारी १४औँ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबार राति समूह ‘बी’ को अन्तिम खेलमा बङ्गलादेश भुटानलाई ३–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको छ ।

बङ्गलादेशले अन्तिम चारमा स्थान बनाएसँगै साफको सेमिफाइनल समीकरण पूरा भएको हो । बङ्गलादेश १४ वर्षपछि साफको सेमिफाइनलमा पुगेको हा । यसअघि बङ्गलादेश सन् २००९ मा घरेलु मैदानमा भएको च्याम्पियनसिपमा सेमिफाइनलमा प्रवेश गरेको थियो ।

बङ्गलादेशसँगै समूह ‘बी’ को विजेताको रूपमा लेबनान सेमिफाइनलमा पुगेको छ । यस्तै समूह ‘ए’ बाट कुवेत विजेता र साबिक विजेता भारत समूह उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा समूह ‘ए’ को विजेता कुवेतले समूह ‘बी’ को उपविजेता बङ्गलादेश र समूह ‘बी’ को विजेता लेबनानले समूह ‘ए’ को उपविजेता लेबनानसँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनल खेल शनिबार हुनेछ ।

लेबनान र कुवेतले पहिलो पटक आमन्त्रित टोलीको रूपमा सहभागिता जनाएका हुन् । साफमा सहभागी आठ टोलीमध्ये नेपाल, पाकिस्तान, माल्दिभ्स र भुटान समूह चरणबाट बाहिरिए ।


प्रकाशित मिति: १४ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?