Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई सरकारी वकिल कार्यालय लगियो


१३ असार, काठमाडाैँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं लगिएको छ।

बुधबार नेपाल प्रहरीले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं लगेको हो। व्यवसायी मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पुर्‍याएको हो।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात किर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ। सरकारी लिखित किर्तेको विषय भएकाले कानुनी प्रक्रिया अरु मुद्दा सरह नै चल्ने सरकारी वकिल कार्यालय, काठमाडौंका सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले बताए। उनले अनुसन्धानको क्रममा कसुरदार देखिएमा हिरासतमा राख्ने बताए।

उनले भने, ‘सरकारी सम्पत्ति किर्तेको विषयमा अनुसन्धानको कुरा हो। कानुनी प्रक्रिया अरु मुद्दा सरह नै हुन्छ। अनुसन्धानको क्रममा कसुरदार वा संकित देखिएमा हिरासतमा राख्ने, वा हिरासत बाहिर राखेर अनुसन्धान गर्ने हुन्छ।’’

अनुसन्धानको सिलसिलामा भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम सिआईबीको हिरासतमा छन्।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?