Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

एघार वर्षपछि कलाकार बाङ्देलको सालिक उद्यानमा राखियो


वरिष्ठ कलाकार एवं साहित्यकार लैनसिं बाङ्देलको सालिक एघार वर्षपछि खोटाङको ऐसेलुखर्क गाउँपालिकामा उद्यान (पार्क) निर्माण गरेर राखिएको छ । दिक्तेल बजारमा अलपत्र अवस्थामा रहेको उहाँको अर्धकदको सालिक ऐसेलुखर्क–१ राखाबाङ्देलको शुक्रबारेडाँडास्थित बेनेसेनमा उद्यानमा राखिएको हो । साहित्यकार बाङ्देलको सालिक वडा कार्यालयबाट रु दुई लाख बजेट विनियोजन गरेर घेराबारासहितको उद्यान निर्माण गरेर राखिएको वडाध्यक्ष पुरुषोत्तम राजभण्डारीले बताउनुभयो । “राखाबाङ्देल कलाकार बाङ्देलको पुख्र्यौली थलो हो”, उहाँले भन्नुभयो, “लामो समयसम्म दिक्तेल बजारमा अलपत्र बनेको बाङ्देलको सालिक वडा कार्यालयको सहयोगमा उद्यान निर्माण गरेर उहाँकै पुख्र्यौली थलोमा सम्मानस्वरुप राखिएको छ ।” सार्वजनिकस्थलमा राख्ने गरी मोरङको बेलबारीका मूर्तिकार श्याम गौतमले बाङ्देलको सालिक बनाएर विसं २०६७ मा तत्कालीन जिल्ला विकास समितिलाई हस्तान्तरण गर्नुभएको थियो ।

कलाकार गौतमले बाङ्देलको सालिकसहित हलेसीमा राख्ने गरी एउटा शिवलिङ्ग र बसाहाको ढुङ्गेमूर्ति निःशुल्क हस्तान्तरण गर्नुभएको जनाइएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित पसल तथा होटलको पेटीमा अपमानित तरिकाले पाँच–छ वर्ष राखिएको बाङ्देलको सालिकलाई विसं २०७३ मा तत्कालीन गाविसबाट ढुवानी खर्च छुट्याएर ट्र्याक्टरमा बोकेर राखाबाङ्देल लगिएको थियो । दिक्तेलसम्म सालिक पु¥याउने क्रममा तत्कालीन जिल्ला विकास समितिले गौतमलाई रु ३० हजार भाडा दिएको जनाइएको छ । जिविस र जिल्लास्थित राजनीतिक दलका नेताहरूले दिक्तेलको रत्नपार्क आसपासमा बाङ्देलको सालिक राख्ने निर्णय गरेका थिए । तर निर्णय कार्यान्वयनमा कसैले चसो नदिँदा कलाकार बाङ्देलको सालिक दिक्तेल बजारमा वर्षौँसम्म सडकपेटीमा प्लाष्टिकले छोपेर बेवारिसे अवस्थामा राखिएको थियो ।

स्थापनामा चासो नदिइँदा दिक्तेलमा बेवारिसे बनेको कलाकार बाङ्देलको सालिक स्थापनाका लागि विसं २०७१ मा अगमसिं राईको संयोजकत्वमा १५ सदस्यीय लैनसिं बाङ्देल प्रतिमा स्थापना समिति गठन गरिएको थियो । नाछिरिङ राई समुदायका साहित्यकार बाङ्देकको सालिकलाई पुख्र्यौली थलो राखाबाङ्देल लैजान सोही ठाउँका नाछिरिङ समुदायले नै अग्रसरता देखाएका थिए । सिसीटिभीबाट पक्राउ त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरको भेटी चोरी गर्ने व्यक्ति सिसीटिभी फुटेजका आधारमा पक्राउ परेका छन् । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीस्थित पार्वतीथानमा रहेको दानपेटिका फोरेर चोरी गरेका इलामको सातखरा नगरपालिका–८ का ३६ वर्षीय रुपेश राई पक्राउ परेका हुन् । चोरी आरोपमा पक्राउ परेका राईले आइतबार राति दानपेटिका फुटाएर चोरी गरेको सिसीटिभी फुटेजमा देखिएको छ । सोही फुटेजका आधारमा भाग्दै गरेका राईलाई सोमबार हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा रहेको प्रहरी चौकीले पक्राउ गरेको हो ।

चोरीमा संलग्न राईलाई जिल्ला प्रहरी कार्यालय दिक्तेलमा ल्याइ कारबाहीको प्रक्रिया थालिएको सूचना अधिकारी प्रहरी निरीक्षक बेनुकुमार कार्कीले जानकारी दिनुभयो । “दिउँसो सोही मन्दिर वरिपरि घुमिरहेका रुपेशले कोही नभएको समय पारेर रडको प्रयोग गरी दानपेकिा फुटाएर चोरी गरेको सिसीटिभी फुटेजमा देखिएको छ”, उहाँले भन्नुभयो, “मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राईले इलाका प्रहरी कार्यालय हलेसीमा खबर गरेलगत्तै सिसीटिभी फुटेजका आधारमा सुमो गाडी चढेर भाग्दै गरेको अवस्थामा राईलाई च्यास्मिटारबाट पक्राउ गरिएको हो ।” पार्वतीथान राखिएको दानपेटिकामा कति भेटी थियो भन्ने खुलेको छैन ।

हलेसी आउने भक्तजन तथा दर्शनाथीले चढाउने भेटीलाई व्यवस्थित एवं पारदर्शी बनाउन पार्वतीथान, महादेव गुफा, बसाहगुफालगायत विभिन्न ठाउँमा दानपेटिका राखिएको छ । हलेसी मन्दिर परिसरमा आपराधिक क्रियाकलाप रोक्न हलेसी तुवाचुङ नगरपालिकाले सिसीटिभी जडान गरेको थियो । सुुरुमा जडान गरिएको सिसीटिभी चट्याङले बिगारेपछि पुनः अर्को खरिद गरेर केही समयअघि जडान गरिएको हो । मन्दिर परिसरमा जडान गरिएको सिसीटिभी प्रभावकारी देखिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । हलेसीमा जडान गरिएको सिसीटिभी नगरपालिका र इलाका प्रहरी कार्यालय हलेसीको निगरानीमा रहेको छ ।


प्रकाशित मिति: १७ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?