Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

शंकर एक्लैले बनाइदिए बाह्रबिसेमा ८ कोठे स्कुल भवन 


सिन्धुपाल्चोक : बाह्रबिसे नगरपालिका ७ घुम्थाङको सरस्वती  माबिको आठ कोठे भवन व्यावसायि शंकर श्रेष्ठले निर्माण गरिदिएका हुन। बाह्रबिसे ७ घुम्थाङमा रहेको सरस्वती मा बि को ८ कोठे भवन निर्माण गर्न श्रेष्ठले १ करोड २० लाख रकम सहयोग गरेको बिद्यालय ब्यबस्थापन समितिले जनाएको छ।

भुकम्पपछि अस्थायी टहरोमा बिद्यालय संचालन हुँदै आएपछि श्रेष्ठले आफ्नो गाउको शिक्षा विकास र बालबालिकाको भबिस्यलाई बुझ्दै आर्थिक सहयोग साथै २ रोपनी ७ आना जग्गा समेत दान गरेको बिद्यालयले जनाएको छ। घुम्थाङमा जन्मिएर व्यावसाय गर्दै आएका श्रेष्ठले सरस्वती आ बि संचालनको लागि ५० हजार डिपोजिट र मा बि चलाउनको लागि १ लाख धरौटी समेत सहयोग गरेको बताए। बिधालयलयको एक सोमबार बिद्यालयको ६६ औ बार्षिक उत्सव तथा भवन उद्घाटनमा पुगेका उनले सरस्वती शंकर मा बि लाई कक्षा १२ सम्म अध्यपन गराउन एक शिक्षकको तलब आफुले सहयोग गर्ने बताए ।

उनले थपे भुकम्प अघि यस बिद्यालयको नाम सरस्वती माध्यमिक बिद्यालय रहेको थियोे भने अहिले उनको सहयोग पछि स्थानीयले श्रेष्ठको नाम थपेर सरस्वती शंकर माध्यमिक बिद्यालय बनाएका छन । आजै उनले बिद्यालयमा अध्यनरत २८८ बिद्यार्थिलाइ ब्याग वितरण गरेका छन ।

अहिले बिद्यालय १७ वटा कोठे भवनमा संचालन भएको छ। यस बिद्यालयमा २८८ बिद्यार्थिले अध्यन गर्ने गरेका छन । सिन्धुपाल्चोकमा अहिलेसम्म ठुलो रकममा ब्यक्तिले सहयोग गरेको बिद्यालय हो।


प्रकाशित मिति: १६ माघ २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?