Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

शंकर एक्लैले बनाइदिए बाह्रबिसेमा ८ कोठे स्कुल भवन 


सिन्धुपाल्चोक : बाह्रबिसे नगरपालिका ७ घुम्थाङको सरस्वती  माबिको आठ कोठे भवन व्यावसायि शंकर श्रेष्ठले निर्माण गरिदिएका हुन। बाह्रबिसे ७ घुम्थाङमा रहेको सरस्वती मा बि को ८ कोठे भवन निर्माण गर्न श्रेष्ठले १ करोड २० लाख रकम सहयोग गरेको बिद्यालय ब्यबस्थापन समितिले जनाएको छ।

भुकम्पपछि अस्थायी टहरोमा बिद्यालय संचालन हुँदै आएपछि श्रेष्ठले आफ्नो गाउको शिक्षा विकास र बालबालिकाको भबिस्यलाई बुझ्दै आर्थिक सहयोग साथै २ रोपनी ७ आना जग्गा समेत दान गरेको बिद्यालयले जनाएको छ। घुम्थाङमा जन्मिएर व्यावसाय गर्दै आएका श्रेष्ठले सरस्वती आ बि संचालनको लागि ५० हजार डिपोजिट र मा बि चलाउनको लागि १ लाख धरौटी समेत सहयोग गरेको बताए। बिधालयलयको एक सोमबार बिद्यालयको ६६ औ बार्षिक उत्सव तथा भवन उद्घाटनमा पुगेका उनले सरस्वती शंकर मा बि लाई कक्षा १२ सम्म अध्यपन गराउन एक शिक्षकको तलब आफुले सहयोग गर्ने बताए ।

उनले थपे भुकम्प अघि यस बिद्यालयको नाम सरस्वती माध्यमिक बिद्यालय रहेको थियोे भने अहिले उनको सहयोग पछि स्थानीयले श्रेष्ठको नाम थपेर सरस्वती शंकर माध्यमिक बिद्यालय बनाएका छन । आजै उनले बिद्यालयमा अध्यनरत २८८ बिद्यार्थिलाइ ब्याग वितरण गरेका छन ।

अहिले बिद्यालय १७ वटा कोठे भवनमा संचालन भएको छ। यस बिद्यालयमा २८८ बिद्यार्थिले अध्यन गर्ने गरेका छन । सिन्धुपाल्चोकमा अहिलेसम्म ठुलो रकममा ब्यक्तिले सहयोग गरेको बिद्यालय हो।


प्रकाशित मिति: १६ माघ २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?