Trending
>>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

आज मिति २०८० साल असार १२ गते मंगलबार, हेर्नुहोस् आजको राशीफल


आज मिति २०८० साल असार १२ गते मंगलबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष – कामगर्दा ख्याल गर्नुहोला काममा सपोर्ट गर्नेभन्दा फसाउने मानिसहरु हावि हुनेछन् । नीति नियमको बेवास्ता गर्दा राज्यलाई दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ,सचेत रहनुहोला । बनेका योजनाहरु बौद्धिकताको कमिले लागुगर्न नसक्दा बन्न लागेका कामहरु अलपत्र हुनेछन् । धार्मिक तथा तिर्थ स्थलको यात्रा गरी मनलाई शान्त पार्न सकिनेछ । माया प्रेममा अरुकै नकारात्मक टिप्पणिले गर्दा मनमुटाब बढ्नेछ ।

बृष – राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारणसँग सन्तुलित व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपार्ईँको कमजोर उपस्थितिको फाईदा अरुले उठाउन सक्छन् ध्यान दिनुहोला । आमा वा आमा सरहका मानससँग टाडिएर देश परदेशको यात्रा गर्दा मन विचलित हुनेछ । व्यापार व्यावसायमा न्यून नाँफा हुने हुनाले दैनिकि कष्टकर हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा मनमुटावको अवस्था सिर्जना हुनेछ ।

मिथुन – साझेदारी व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । पर्यटन सम्वन्धी व्यावसायमा सामान्य चहलपल हुनेछ । पारिवारिक माहोलमा दिन वित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नी विचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछाडी पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

कर्कट – बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लाग्ने तथा तपार्ईँको निर्णय तपार्ईँ आफैलाई आत्मघाती हुनसक्छ । आफन्त,साथिभाई तथा कुटुम्वसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुन सक्छ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । साझपख छोटो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

सिंह – खानपानमा बिशेष ध्यान दिनुहोला, पेट सम्बन्धी समस्या आउन सक्छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायमा मन्दि आउनेछ । भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा नचाहादा नचाहादै एक अर्काबिच छुट्टिनु पर्दा मनमा खल्लोपन महशुष हुनेछ । सन्तान तथा छोराछोरिसँग पनि मनमुटाव सिर्जन हुने योग रहेकोछ ।

कन्या – स्वास्थ्य सम्वन्धी सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्वन्धीत कारोबार फस्टाएर जानेछ भने विदेश यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ ।

तुला – दाजुभाई तथा छिमेकी सँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादविवाद तथा मुद्दा मामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचेजस्तै सफलता पाइनेछ ।

बृश्चिक – नयाँ नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरी हुने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गरी रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ । सरकारी तथा प्रशासनि क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहनेछ भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

धनु – व्यापार व्यावसायमा लगानी गर्दा पछिसम्म आम्दानी भैरहनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपार्र्ईँँले गरेको काम समयमा सम्पन्न हुने हुदा चर्चा चुलिनेछ । विलासी वस्तुहरुको प्रयोग गर्न पाइने तथा सानु प्रयत्नले भौतिक बस्तुहरु लाभ हुनेछन् । आफ्नो क्षमता प्रयोग गरी वा बैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग हर क्षेत्रमा रहने योग रहेकोछ ।

मकर – बाटो हिड्दा वा सवारि चलाउदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानीसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेकोछ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुनेहुदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितीले ऋण लगाउने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घरपरिवारमा आफन्तविच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउन सक्छ, सचेत रहनुहोला ।

कुम्भ – आम्दानिको तुलनामा खर्च कम हुने हुँदा फाइदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ भने पैत्रिक धन सम्पतीको परिचालनको माध्ययमबाट मनग्गे लाभ लिन सकिनेछ । राजनीतिमा लाग्नेहरुले राज्यबाट विषेश सेवा सुबिधा पाप्त गर्न सक्नेछन् । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढाउन सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धि कामहरुबाट प्रसस्त नाँफा कमाउँन सकिनेछ ।

मीन – नोकरीमा प्रतिस्पर्धीहरुलार्ई हराउँदै अगाडी बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । विवादित निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउने हुँदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी हुने योग रहेकोछ । पुराना स्वास्थ्य सम्वन्धी समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउको भ्रमण गरी रमाउने योग रहेकोछ ।


प्रकाशित मिति: १२ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?