आज मिति २०८० साल असार ११ गते सोमबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।
मेष – विदेशी सामानको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ भने कर्म प्राप्तिको निम्ति लामो दुरिको विदेश यात्रा हुने योग रहेको छ। पढाइ लेखाइमा सुधार हुँदै जाने तथा अलि बढि मिहिनेत गर्दा पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ। अग्रज तथा आफन्तहरुको सल्लाह बमोजिम अगाडि बढ्नुहोला गन्तव्य पहिल्याउन सहज हुनेछ। समयमा काम बन्ने हुनाले मान सम्मानमा वृद्धि भएर जानेछ।
वृष – तरल पदार्थ तथा पानीसँग सम्बन्धित व्यापारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ। घर परिवारबाट प्रशस्त सहयोग हुने तथा बुवाको सल्लाह मान्दै अगाडि बढ्दा मनग्ने फाइदा हुनेछ। पढाई लेखाइमा सुधार गर्दै लान सकिनेछ तथा वित्ति क्षेत्रसँग सम्बन्धित कामबाट रुपैयाँ पैसा कमाउन सकिनेछ। छोटो समय तथा सानो प्रयत्नले कामहरु बन्ने हुँदा मन प्रशन्न हुनेछ। भाग्यले प्रेम पात्र जुराउने ग्रहयोग रहेको छ।
मिथुन – नयाँ काम गरी समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ। रोजगारीका अवसर सिर्जना गरी मनग्गे धन सम्पत्ति कमाउन सकिनेछ। राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउनेछन्। पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ सफलताको सिँढिहरु चढ्न सकिनेछ। व्यापार व्यावसायमा लगानी बढाई धन कमाउन सकिने समय रहेको छ। प्रेमका कोपिलाहरु फक्रियर जानेछन्।
कर्कट – साथीभाइ तथा परिवार कै मानिसबाट असहयोग हुनेछ। काम गर्दा ध्यान दिनुहोला, खुट्टा तान्नेहरु सक्रिय रहनेछन्। व्यावसायमा लगानी नगर्नुहोला, आज गरिने व्यावसायमा घाटा लाग्न सक्छ। ध्यान अन्यत्रै मोडिँदा पढाइ लेखाइमा अरुभन्दा पछि परिनेछ। लामो दुरीको धार्मिक तथा अध्ययन यात्रा हुने अधिक सम्भावना रहेको छ। धर्म कर्ममा मन जानेछ।
सिंह – व्यापार व्यावसाय तथा शेयर बजार जस्ता क्षेत्रमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ। पुराना तथा थाती रहेका कामहरु सुचारु हुनेछन् भने नयाँ काम गरी मनग्गे धन संग्रह गर्न सकिन्छ। अध्ययन अध्यापनमा सुधार गरी पुरस्कार तथा प्रशङ्शा पत्र जित्न सकिन्छ। माया प्रेममा सामिप्यता बढेर जानेछ भने दिदि बहिनीहरुको सहयोग पाइने हुँदा कामहरु समयमा नै सम्पन्न गर्न सकिनेछ।
कन्या – साझेदारी व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ। पर्यटन सम्बन्धि व्यावसायमा सामान्य चहलपल हुनेछ। पारिवारिक माहौलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ। माया प्रेम तथा पति पत्नीबीचको सम्बन्धको गाँठो कसिलो भएर जानेछ। विद्या तथा प्रतिस्पर्धामा अरुलाई पछाडी पारिनेछ। वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ। साथीभाइ तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ।
तुला – व्यापार व्यावसाय फस्टाएर जाने हुनाले अन्य व्यावसायमा पनि लगानी गर्ने अवसर आउनेछ। विद्यार्थीहरुले पढाइ लेखाइमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन्। प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ। शत्रु परास्त हुने तथा कुनै पनि न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुने हुँदा मान सम्मानमा वृद्धि भएर जानेछ। सुख दुखमा साथ दिनेहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ।
बृश्चिक – शिक्षामा गरिएको लगानीबाट भनेजस्तो आम्दानी नहुने तथा विद्यार्थी वर्गले चाहेजस्तो सफलता हात लगाउन निकै नै मिहिनेत गर्नुपर्नेछ। भौतिक सम्पत्ति प्रयोग गर्दा ध्यान दिनुहोला, अप्रिय घट्ना नघट्ला भन्न सकिन्न। माया प्रेममा अविस्वास बढ्ने तथा पति पत्नीबीच एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुनेछ। खानपानमा ध्यान दिनुहोला, पेट सम्बन्धि समस्या नआउला भन्न सकिन्न।
धनु – कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी आम्दानीका स्रोतहरु फराकिला बनाउन सकिनेछ। घर जग्गा तथा सवारी साधनको खरिद बिक्रि गरी मनग्गे धन आर्जन गर्न सकिनेछ। आमा वा अग्रजको सहयोगले महत्वपूर्ण कामहरु सम्पादन गर्न सकिनेछ। राजनीति तथा समाजसेवामा समय लिनेहरुले पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन्। अध्ययनमा ध्यान जाने हुनाले स्कूल कलेजमा तपाईंको नाम अग्र स्थानमा आउनेछ।
मकर – पुराना समस्याहरुलाई केही समय दिएर सकाउन सकिनेछ भने नयाँ नयाँ काम गरी रोजगारीका अवसरहरु सिर्जना गरेर मनग्गे आम्दानी गर्न सकिनेछ। व्यापार व्यावसाय फस्टाएर जानेछ भने छोटो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ। विद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सक्नेछन् भने पढाइ लेखाइमा भनेजस्तो नतिजा ल्याउन सकिनेछ। अदालती निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ।
कुम्भ – पढाइ लेखाइमा खासै ध्यान नजाँदा विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछी परिनेछ। कुटुम्बसँग मनमुटाव बढ्ने हुँदा आजको दिन टाढा नै रहनु राम्रो रहेको छ। बोल्दा वा निर्णय गर्दा ध्यान दिनुहोला, आत्मघाती पनि हुनसक्छ। खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ। माया प्रेममा अविश्वास बढ्नेछ भने पति पत्नीबीच विश्वासको वातावरण गुम्ने खतरा रहेको छ।
मीन – शुभचिन्तकको सहयोगले चिताएको कामहरु सम्पादन हुनेछन्। पढाइ लेखाइमा मन जाने हुनाले चाहेजस्तो नतिजा ल्याउन सकिनेछ। राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ। व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिती सुदृढ हुनेछ। माया प्रेममा सामिप्यता बढेर जानेछ भने विलाशी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर तान्न सकिनेछ।
प्रकाशित मिति: ११ असार २०८०, सोमबार