Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

मेयर शाह र गभर्नर अधिकारी बिच भेट : वित्तिय व्यवस्थापनका विषयमा कुराकानी


काठमाडौँ ः काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्र वैङ्कका गभर्नर महाप्रसाद अधिकारी विच सहकारी क्षेत्रको वित्तिय व्यवस्थापनका विषयमा कुराकानी भएको छ । आज प्रमुख शाहको कार्यकक्षमा भएको भेटका क्रममा महानगरको कार्यक्षेत्रका सहकारीहरुमा सर्वसाधारणले गरेको बचत सुरक्षाका लागि प्रबन्ध गर्नु पर्ने कानुनी व्यवस्थाका विषयमा कुराकानी भएको हो ।

कुराकानीका क्रममा प्रमुख शाहले, सहकारीहरुमा सर्वसाधारणले बचत गरेको रकम सुरक्षा गर्न काठमाडौँ महानगपालिकाले अनुगमन र नियमनका कामलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो । यसलाई थप प्रभावकारी बनाउन राष्ट्र बैङ्क र विज्ञहरुसँग सहकार्य गर्न तयार रहेको प्रमुख शाहको भनाइ छ ।

सहकारीहरुमा वचतको सिलिङ् सम्बन्धी कानुनी प्रवन्ध गर्न सक्छ । भेटमा गभर्नर अधिकारीले भन्नुभयो, ‘महानगरलाई आवश्यक पर्ने सहयोग राष्ट्र बैङ्कले उपलब्ध गराउन सक्छ ।’


प्रकाशित मिति: १६ माघ २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?