Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

हत्याको १७ वर्षपछि आरोपी पक्राउ


भक्तपुरको एक इँटा उद्योगमा भएको हत्याको घटनाका आरोपी १७ वर्षपछि पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका–९ ताँथलीस्थित गणेश इँटा उद्योग नजिकै रहेको कुलो छेउमा अचेत अवस्थामा फेला परी उपचारका क्रममा मृत्यु भएका कृष्ण योगीको हत्याको आरोपमा दुई जना पक्राउ परेका हुन् । घटनामा संलग्न एक अझै फरार छन् ।

पक्राउपर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नं १ स्थायी घर भएका सुकमान भन्ने कान्छाराम तामाङ र सोही स्थान बस्ने बहादुर तामाङ रहेका छन् । कान्छाराम त्यसबेला इँटा उद्योगमा पानी पाले र बहादुर सोही उद्योगकै गाडी चालकको काम गर्दथे । घटना विवरणानुसार २०६२ माघ ३० गते बिहान तत्कालीन ताँथली गाविस–८ स्थित गणेश इँटा उद्योग नजिकै रहेको कुलो छेउमा ४१ वर्षीय योगी रगत पक्ष भई अचेत अवस्थामा फेला परेको र उनलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा थप उपचारका लागि वीर अस्पताल सिफारिस गरियो । उपचारकै क्रममा योगीको वीर अस्पतालमा मृत्यु भएको थियो । घटनाको प्रारम्भिक अनुसन्धानमा मृतक योगीलाई सोही गणेश इँटा उद्योगका काम गर्ने सुकमान, बहादुर र देवेन्द्र भनिने देव थापाले कुटपिटपछि हत्या गरी घटनापश्चात् फरार भएको भन्ने खुल्न आएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।

घटनामा संलग्नको यकीन ठेगाना खुल्न आएपछि प्रहरीले भक्तपुर जिल्ला अदालतको अनुमति लिई पक्राउ पुर्जीसहित प्रहरी वृत्त जगातिका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठ नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । घटनामा मृत्यु भएका योगीका भाञ्जा ईश्वर बस्नेतको किटानी जाहेरीअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १५ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?