Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

बागमती प्रदेशमा चालु आवमा डेङ्गुु रोगबाट २७ जनाको मृत्यु


६ असार ,मनहरी । चालु आवमा बागमती प्रदेशमा डेङ्गुका ४२ हजार चार सय ५९ बिरामी फेला परेकोमा २७ जनाको मृत्यु भएको छ । डेङ्गुुका बिरामी सबैभन्दा बढी काठमाडौँमा १४ हजार पाँच सय फेला परेको थियो भने सबैभन्दा कम रसुवामा रहेको बागमती प्रदेशका स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन भुसालले जानकारी दिए ।

बुधबार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको प्रदेशका पाँच जिल्लामा डेङ्गुुसम्बन्धी अध्ययनको निष्कर्ष सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाका जुनियर इन्टोमोलोजिष्ट दीपककुमार साहले अध्ययनको निष्कर्षबारे प्रस्तुति दिँदै २०७९ चैत १० देखि २०८० वैशाख १८ गतेसम्म अध्ययन गरिएका पाँच सय ४७ घरधुरीमा एक हजार छ सय २३ पानी भएका भाँडा निरीक्षण गरिएकोमा एक सय ३३ घरधुरीका एक सय ७० पानी भएका भाँडामा डेङ्गुु फैलाउने लामखुट्टेका जीवाणु भेटिएको बताए ।

अध्ययनअनुसार डेङ्गुु फैलाउने लामखुट्टेका जीवाणु सबैभन्दा बढी टायरमा भेटिएको थियो भने दोस्रोमा खानेपानी ट्याङ्कीमा पाइएको थियो । त्यस्तै पानीका जार, पानी भरेर राखिएका ड्रम, पानीका बोतल, गमला, रेफ्रिजरेटरलगायतमा पनि फैलाउने लामखुट्टेका जीवाणु पाइएको छ । फेला परेकामध्ये आठ सय ४५ एडिस एजिप्टाइ छ । घरबाहिर रहेका पानी जम्ने भाँडा र ठाउँमा डेङ्गुु फैलाउने लामखुट्टेका जीवाणु पाइन्छ भन्ने आम धारणाविपरीत घरभित्र भएका पानीका भाँडा र रेफ्रिजरेटरमा पनि डेङ्गुुको जीवाणु पाइनुले सचेत बढी हुनुपर्ने अवस्था देखिएको अध्ययनकर्ताको भनाइ छ ।

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव दीपक तिवारी, स्वास्थ्य निर्देशनालय हेटौँडाका निर्देशक महेश्वर श्रेष्ठ, वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्ट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन दुर्गा खड्का मिश्र, मन्त्रालयका डा रविन भुसाल, किरण श्रेष्ठलगायतले अध्ययनले डेङ्गुु रोगको प्रभाव र यसका विरुद्ध चाल्नुपर्ने कदमजस्ता क्षेत्रमा नीतिगत र कार्यान्वयन तहमा काम गर्न आधार मिल्ने बताएका थिए । कार्यक्रममा मकवानपुर र चितवनका विभिन्न स्वास्थ्य एकाइमा कार्यरत स्वास्थ्यकर्मीलगायतको उपस्थिति थियो ।


प्रकाशित मिति: ६ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?