Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित


६ असार, काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी उपचारका क्रममा निधन भएकामा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

स्व सिंह नेपाली कांग्रेसका तर्फबाट विसं २०७९ को प्रदेशसभा निर्वाचनमा बझाङ निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका, ग्रामीण विकासमा उल्लेखनीय योगदान गर्नुभएका उनको मङ्गलबार गृह जिल्ला जाने क्रममा सवारी दुर्घटनामा परी निधन भएको थियो । ६५ वर्षीय सिंहको दुर्घटनामा परी असामयिक निधन भएकामा प्रतिनिधिसभाको आजको बैठकले शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गरेको हो ।

दुर्घटनामा उनकी पत्नी र भाउजूको पनि निधन भएको थियो । प्रतिनिधिसभाको बैठकले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदनासमेत प्रकट गरेको छ ।


प्रकाशित मिति: ६ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?