Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

मुटुको चाललाई स्थिर बनाउन राष्ट्रपति पाैडेलको मुटुमा पेसमेकर राखियो


५ असार, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा पेसमेकर राखिएको छ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्था शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरेर पेसमेकर राखिएको अस्पतालले जनाएको छ।

राष्ट्रपति पौडेलको मुटुको धडकन अस्थिर भएपछि गत शनिबार राति उनलाई अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकका अनुसार पेसमेकर मुटुमाथि राखिने सानो यन्त्र हो। यसले मुटुको चाललाई स्थिर बनाउन सहयोग गर्छ।

यो भन्दा पहिले राष्ट्रपति पौडेल जेठ ३० गते सामान्य स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र भर्ना भएका थिए।

अस्पतालमा एक दिन चिकित्सकको निगरानीमा राखेर राष्ट्रपति पौडेललाई जेठ ३१ गते डिस्चार्ज गरिएको थियो। राष्ट्रपति पौडेलको छाती र पेटमा समस्या देखिएपछि चैत १८ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो । त्यसको चार दिनपछि चैत २२ गते उहाँ डिस्चार्ज भएका थिए।

वैशाख ५ गते राष्ट्रपति रामचन्द्र पौडेलको फोक्सोमा समस्या आएपछि शिक्षण अस्पतालमा पुनः भर्ना गरिएको थियो। सोही समयमा छातीमा संक्रमण देखिएपछि चिकित्सकको सल्लाह अनुसार वैशाख ६ गते उनलाई थप उपचारका लागि भारत लगिएको थियो। भारतको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा लामो उपचारपछि उहाँ वैशाख १७ गते डिस्चार्ज भएका थिए।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?