Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

मुटुको चाललाई स्थिर बनाउन राष्ट्रपति पाैडेलको मुटुमा पेसमेकर राखियो


५ असार, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा पेसमेकर राखिएको छ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्था शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरेर पेसमेकर राखिएको अस्पतालले जनाएको छ।

राष्ट्रपति पौडेलको मुटुको धडकन अस्थिर भएपछि गत शनिबार राति उनलाई अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकका अनुसार पेसमेकर मुटुमाथि राखिने सानो यन्त्र हो। यसले मुटुको चाललाई स्थिर बनाउन सहयोग गर्छ।

यो भन्दा पहिले राष्ट्रपति पौडेल जेठ ३० गते सामान्य स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र भर्ना भएका थिए।

अस्पतालमा एक दिन चिकित्सकको निगरानीमा राखेर राष्ट्रपति पौडेललाई जेठ ३१ गते डिस्चार्ज गरिएको थियो। राष्ट्रपति पौडेलको छाती र पेटमा समस्या देखिएपछि चैत १८ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो । त्यसको चार दिनपछि चैत २२ गते उहाँ डिस्चार्ज भएका थिए।

वैशाख ५ गते राष्ट्रपति रामचन्द्र पौडेलको फोक्सोमा समस्या आएपछि शिक्षण अस्पतालमा पुनः भर्ना गरिएको थियो। सोही समयमा छातीमा संक्रमण देखिएपछि चिकित्सकको सल्लाह अनुसार वैशाख ६ गते उनलाई थप उपचारका लागि भारत लगिएको थियो। भारतको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा लामो उपचारपछि उहाँ वैशाख १७ गते डिस्चार्ज भएका थिए।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?