काठमाडौ : राप्रपा नेता विन्द्र मिश्रले संविधान अनुसार रवि लामिछाने अनागरिक र राज्यविहिन नहुने बताएका छन् । ट्विटरमार्फत उनले यस्तो बताएका हुन् ।
“धेरैले रवि लामिछाने अनागरिक/राज्य विहिन भएको टिप्पणी गरेको देखियो। संविधानको पृष्ठ ४ मा “नेपालको नागरिकता…प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन्” लेखिएको छ। उनी नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक हुन्। तसर्थ @hamrorabi अनागरिक/राज्यविहिन होइनन्,” उनले लेखेका छन् ।
प्रकाशित मिति: १५ माघ २०७९, आईतवार