Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

गोरखामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर


४ असार, गोरखा । गोरखा नगरपालिका गोरखाले आयोजना भएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट दुई सय ३५ जनाले सेवा लिएका छन् ।

नगरपालिकाले वडा नम्बर १३ र १४ स्थित याङकोटमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ७३ जना पुरुष र एक सय ६२ जना महिलाले उपचार सेवा लिएको नगरपालिकाका आयुर्वेद शाखाका प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए । शिविरमा अम्लपित्त, पेटसम्बन्धी रोग, मधुमेह, उच्च रक्तचाप, स्त्री रोग, बाथ रोग, जोर्नी दुखाइलगायतका रोगको जाँच तथा उपचार सेवा प्रदान गरिएको उनले बताए ।

स्वास्थ्य शिविरमा उपचारका लागि आएका थप १६१ जनाले ब्लड सुगर परीक्षण गरिएको प्रमुख श्रेष्ठले बताए । शिविरमा आएका उपचार सेवा लिएकाहरु औषधिसमेत वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए । स्वास्थ्य शिविरमा नरदेवी आयुर्वेद विज्ञ डा वृद्धिप्रसाद पौडेल, देउराली स्वास्थ्यचौकीका प्रमुख दीपेन्द्र भण्डारीलगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: ४ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?