Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

गोरखामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर


४ असार, गोरखा । गोरखा नगरपालिका गोरखाले आयोजना भएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट दुई सय ३५ जनाले सेवा लिएका छन् ।

नगरपालिकाले वडा नम्बर १३ र १४ स्थित याङकोटमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ७३ जना पुरुष र एक सय ६२ जना महिलाले उपचार सेवा लिएको नगरपालिकाका आयुर्वेद शाखाका प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए । शिविरमा अम्लपित्त, पेटसम्बन्धी रोग, मधुमेह, उच्च रक्तचाप, स्त्री रोग, बाथ रोग, जोर्नी दुखाइलगायतका रोगको जाँच तथा उपचार सेवा प्रदान गरिएको उनले बताए ।

स्वास्थ्य शिविरमा उपचारका लागि आएका थप १६१ जनाले ब्लड सुगर परीक्षण गरिएको प्रमुख श्रेष्ठले बताए । शिविरमा आएका उपचार सेवा लिएकाहरु औषधिसमेत वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए । स्वास्थ्य शिविरमा नरदेवी आयुर्वेद विज्ञ डा वृद्धिप्रसाद पौडेल, देउराली स्वास्थ्यचौकीका प्रमुख दीपेन्द्र भण्डारीलगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: ४ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?