Trending
>>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित)
Logo
२५ कार्तिक २०८३, बुधबार
२५ कार्तिक २०८३, बुधबार

नेपालको स्वास्थ्य क्षेत्र सुधार गर्नुपर्नेमा जोड


३ असार ,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजन केसीले नेपालको स्वास्थ्य क्षेत्र सुधार गर्नुपर्नेमा जोड दिएका छन् । विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शीर्षकमाथिको छलफलका क्रममा उनले सो कुरामा जोड दिएका हुन् ।

सांसद मेनकाकुमारी पोखरेलले बजेटले समग्र देशलाई समेट्नुपर्ने भए पनि राजनीतिक दलको शक्तिको आधारमा बजेट ल्याइएको भन्दै गुनासो गरे । उनले भने, “खासगरी बजेटमा मुटु, मधुमेह, क्यान्सर जस्ता रोगका लागि सरकारले बजेटको कुनै व्यवस्था गरेको छैन, स्वास्थ्य मन्त्रालयले सचेतनाका लागि कुनै ध्यान दिएको छैन, यसलाई स्थानीय तहसम्म पुर्याउन आवश्यक छ ।”

सङ्घीय मन्त्रालय सबै कर्मचारीको मन्त्रालय भए पनि सही तथ्याङ्क दिन नसकेको उनको भनाइ छ । सांसद छिरिङ डम्डोल लामा भोटेले मेडिकल माफियालाई पत्ता लगाएर कारबाही गर्नुपर्ने माग गरे । सांसद देवप्रसाद तिमिल्सिनाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई निःशुल्क गर्नुपर्छ भने ।

आम सर्वसाधारण जनताको स्वास्थ्यमा सहज पहुँच हुनुपर्ने उनको भनाइ छ । सांसद दामोदर पौडेल वैरागीले भोलि नै नागरिकता विधेयक संसद्मा ल्याएर पास गरेर जनतालाई सहज बनाउन आग्रह गरे । सङ्घीय निजामती ऐन जतिसक्दो चाँडो ल्याएर कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

सांसद सञ्जयकुमार गौतमले चालु खर्च बढेको, विकास खर्चहरु कम भएको भन्दै यो राष्ट्रिय समस्या भएको बताए । सांसद हेमराज राईले सरकार सङ्घीयता कार्यान्वयन गर्ने दिशामा केन्द्रित हुनुपर्ने धारणा राखे । सांसद लीलादेवी बोखेम लिम्बूले पूर्वका विभिन्न जिल्लामा गए राति भएको अविरल वर्षाका कारण भएको भएको मानवीय र भौतिक क्षतिबारे सरकार गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिए ।

सांसद नारायणप्रसाद आचार्यले स्वास्थ्य बीमालाई अझै व्यवस्थित गर्नुपर्ने माग गरे । सांसद रामशङ्कर यादवले दलका नेताहरूले आ–आफ्नो पहुचका आधारमा आफ्नो जिल्लामा बजेट छुट्याउन गरेको आरोप लगाए । सांसद सम्झना थपलियाले बालविवाह रोक्नका लागि सरकारले तराईका जिल्लामा प्रभावकारी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

सांसद प्रेमबहादुर महर्जनले मानसिक स्वास्थ्यका बारेमा बजेटको व्यवस्था नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको अर्को वैठक सोमबार भोलि ११ बजे बस्नेछ ।


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?