Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

स्वास्थ्य शिविरबाट ८८ जना लाभान्वित


३ असार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको दाप्चामा आयोजना गरिएको बाथरोगसम्बन्धी स्वास्थ्य शिविरबाट ८८ जनाले लाभ लिएका छन् ।

नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखा तथा सहयोगी महिला जागरण मञ्चको सहकार्यमा नेशनल बाथरोग सेन्टरको प्राविधिक सहयोगमा दाप्चा माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य परीक्षण सेवा दिलाइएको थियो ।

शिविरमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधिसमेत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखाका सभापति नवीन अधिकारीले बताए । उनका अनुसार परीक्षणपछि समस्या देखिएकालाई थप स्वास्थ्य परीक्षणसमेत निःशुल्क गरिएको थियो ।

नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामाले नागरिकलाई घरदैलोमै स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउन नगरपालिका निरन्तर लागिरहेको बताए । गाउँघरमै बसेर स्वास्थ्य सेवा लिन पाउने व्यवस्था गर्न आयोजना गरेको शिविरबाट बाथरोगका बिरामी ८८ जनाले सेवा पाउनु खुसीको विषय भएको कार्यक्रम संयोजक बिलबहादुर श्रेष्ठले बताए।

नगरप्रमुख लामाले शिविर सञ्चालनका लागि सहकार्य गर्ने सहयोगी महिला जागरण मञ्च काठमाडौँका अध्यक्ष राधा श्रेष्ठ र नेशनल बाथरोग सेन्टरका तर्फबाट डा मनिषा भोछिभोयालाई कदरपत्र प्रदान गरेका थिए ।


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?