Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै सुरक्षा आजको मुख्य चुनौती : मन्त्री शर्मा


२ असार ,देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षासम्बन्धी कमजोर कानुनका कारण आम नागरिकदेखि सरकारकै सूचनाको गोपनीयतामा चुनौती थपिएको बताएकि छन् ।

दाङको घोराहीमा सञ्चार, साइबर सुरक्षा नीति र कानुन विषयक राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै यसको सुरक्षा अहिलेको मुख्य चुनौती भएको बताईन् । सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री शर्माले सरकारले साइबर सुरक्षासम्बन्धी कानुन निर्माण गर्न लागेको जानकारी दिईन् ।

प्रविधिको गलत प्रयोगका कारण बालबालिका, किशोर–किशोरीदेखि आम नागरिकमा विभिन्न खालका समस्या सिर्जना भएको उल्लेख गर्दै उनले कानुन निर्माणसँगै सामाजिक सञ्जालको प्रयोगसम्बन्धी सर्वसाधारण नागरिकलाई चेतना प्रवाह गर्न आवश्यक रहेको बताईन् ।

सामाजिक सञ्जालको गलत प्रयोगको सिकार नागरिक हुनुपरेको बताउँदै उनले सूचना प्रविधि तथा सामाजिक सञ्जालका बारेमा सबै सचेत हुनुपर्नेमा जोड दिईन् । नेपाल टेलिकमले दाङ जिल्लाभित्र सञ्चारको अवस्था कस्तो छ भनेर अनुसन्धान गरेको जानकारी दिँदै मन्त्री शर्माले भनिन्, “सूचना र प्रविधित्रमा सबैलाई पहुँच हुनुपर्छ । कुन स्थानमा के आवश्यकता छ ? आवश्यकताअनुसार हामी काम अगाडि बढाउनेछौँ ।”

उनले नेपालमा सूचना प्रविधिको प्रयोगलाई बढाउँदै आयआर्जनका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्न सकिने विश्वास व्यक्त गरिन् । त्यसका लागि सूचना र प्रविधिसँगै सामाजिक सञ्जालको सही प्रयोगसम्बन्धी आम नागरिकलाई ज्ञान हुनुपर्ने मन्त्री शर्माले बताईन् ।

राप्ती इन्जिनिरिङ कलेज सञ्चालक समितिका अध्यक्ष डा शैलेन्द्र गिरीको अध्यक्षतामा भएको सम्मेलनले कम्प्युटर, सूचना प्रविधि, साइबर सुरक्षा, नीति र कानुनका विषयमा सहभागीबीच छलफल, ज्ञान आदान–प्रदान गरिएको थियो ।


प्रकाशित मिति: २ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?