Trending
>>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना >>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

साहित्यकार रसिक ‘सांसक पुरस्कार’बाट सम्मानित


२ असार ,झापा । अग्रज साहित्यकार तथा सङ्गीतकार गणेश रसिकलाई झापामा आज साहित्य, संस्कृति तथा कला (सासंक) पुरस्कारबाट सम्मानित गरिएको छ ।

सासंक प्रतिष्ठान झापाले नेपाली साहित्य, सङ्गीत र कलाको उत्थानमा अतुलनीय योगदान पुर्‍याएवापत उहाँलाई रु २५ हजार नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेको छ । सम्मानित साहित्यकार रसिकले अहिले लोकसङ्गीत खस्किँदै गएकामा चिन्ता प्रकट गरे ।

उनले नयाँ पुस्ताका कलाकारलाई धैर्य, खोज र गम्भीरताका साथ लोकभाका, लोकनृत्य र लोकबाजाको संरक्षणमा जुट्न आह्वान गरे । साहित्यकार एवं इतिहासकार युद्धप्रसाद वैद्यले सम्मानित सर्जक गणेश रसिक बहुआयामिक व्यक्तित्वका धनी र मुलुकको भाषा, संस्कृति र साहित्यलाई अति माया गर्ने योद्धा भएको बताए ।

इलामको सूर्योदयस्थित फिक्कल निवासी ७६ वर्षीय साहित्यकार गणेश रसिकको पूरा नाम गणेशकुमार राई हो । उहाँको जन्म विसं २००४ असोज ४ गते भोजपुरको छिनामखु–५ नौलागाउँमा भएको थियो । उनि बसाइँ सरेर इलाम आएका हुन्  ।

इलाममा आएपछि विष्णु नवीनलगायतका साहित्यकारको सङ्गतमा रहेर उनि साहित्य र सङ्गीतको साधनामा लाग्नुभएको अग्रज पत्रकार चन्द्र भण्डारी बताउछन् । उनका दशगजामा उभिएर, छपक्कै मनमा बसेका, ताराभन्दा सपना धेरै, मुनिया र उसको छोरो, आकाशगङ्गाको ओतमुनि, पेरुङ्गोलगायतका कृतिहरू प्रकाशित छन् ।

सङ्गीत क्षेत्रमा समेत उनको योगदान छ । रत्न रेकर्डिङ, सांस्कृतिक संस्थान, साझा प्रकाशनलगायतका संस्थामा अध्यक्ष रहेर उनले मुलुकको सङ्गीत र साहित्य क्षेत्रको जगेर्नामा योगदान पुर्‍याए । विसं २०३२ मा रेडियो नेपालबाट उत्कृष्ट गीतकारका रूपमा सम्मानित उनका तीन सयभन्दा बढी आधुनिक, लोक, स्वदेश गानलगायतका गीत रेकर्डिङ भइसकेको सङ्गीतकार टीका भण्डारी बताउछन् ।


प्रकाशित मिति: २ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?