Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

एनकेएलको उपाधि जित्नेगरी तयारी गरेका छौं– ६ फ्रेन्चाइज टोली


काठमाडौँ। सबै फ्रेन्चाइज टोलीले शुक्रवारदेखि शुरु हुने नेपाल कबड्डी लिग (एनकेएल) को उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा एनकेएलको पहिलो संस्करण शुक्रवारबाट शुरु हुँदैछ । उद्घाटनअगाडि पत्रकार सम्मेलनमा ६ वटै फ्रेन्चाइज टोलीका प्रशिक्षक तथा मार्की खेलाडीले तयारी राम्रो रहेकाले उपाधि जित्ने दाबेदारी प्रश्तुत गरेका हुन् । नेपालमा पहिलोपल्ट हुन लागेको कबड्डीको फ्रेन्चाइज लिगमा विराटनगर ब्याण्डिट्स, जनकपुर नाइट्स, काठमाण्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले एनकेएलमा प्रतिष्पर्धा गर्दैछन् । लिगको शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउनेछ ।

शुक्रवार हुने उद्घाटन खेलमा काठमाण्डु माभरिक्स र पोखरा लेकर्सले प्रतिष्पर्धा गर्ने तालिका रहेको छ । नेपाल राष्ट्रिय टोलीका कप्तान तथा भारतको प्रो कबड्डी लिग खेलिसकेका घनश्याम रोक्कामगर काठमाण्डुका मार्की हुन् । काठमाण्डुले सरोजकुमार सिंहको प्रशिक्षणमा तयारी गरेको छ । प्रशिक्षक सरोजले तयारी राम्रो रहेको र टोलीमा पनि अनुभवी खेलाडी रहेकाले सुखद् नतिजा ल्याउने आशा व्यक्त गरे । उनले टोलीमा अनुभवी विदेशी खेलाडी अनुवन्ध गरेका पनि उल्लेख गरेका छन् ।

पोखरा लेकर्सको मार्की प्रदीप मिजार हुन् । राष्ट्रिय टोलीमा पनि प्रशिक्षण दिइसकेका विष्णुदत्त भट्टको प्रशिक्षणमा पोखरा उत्रँदैछ । पोखराका प्रशिक्षक भट्टले जुनियर विश्व च्याम्पियनसिप, नेपालको राष्ट्रिय टोली र प्रो कबड्डीका खेलाडी आफ्नो टोलीमा रहेको र टोलीको तयारी पनि राम्रो रहेको बताए ।

मार्की खेलाडी प्रदीपले पुस ६ गतेदेखि प्रशिक्षण गरेको उल्लेख गर्दै अनुभवी र युवासहित आफ्नो टोली सन्तुलित रहेको बताए । उनले राम्रो रणनीति र उच्च मनोबलका साथ तयारी गरेको बताए । साथै उनले उपाधि जित्ने पनि विश्वास व्यक्त गरेका छन् ।

जनकपुरको प्रशिक्षक पार्वती राई र मार्की रामु टमाटा हुन् । जनकपुरकी प्रशिक्षक राईले पहिलोपल्ट हुन लागेकाले अभैm तयारी पर्याप्त हुन नसकेको उल्लेख गरिन् । उनले आफूसँग भएको लामो अनुभव रहेको र त्यही अनुरूप तयारी गरेको बताइन् ।

थाइल्याण्ड र बंगलादेशको समान ६, केन्या र श्रीलंकाको समान तीन गरी कुल १८ विदेशी तथा ६६ नेपाली खेलाडीले पहिलो संस्करणको एनकेएल खेल्दैछन् । अन्य टोलीको मार्की खेलाडीमा विराटनगरमा कल्याण भुजेल, हिमालयनमा गणेश पार्की छन् । विराटनगरले लोकबहादुर विष्ट र धनगढीले महेश बोहोरालाई प्रशिक्षक बनाएका छन् । हिमालयन रेइडर्सले दुई जना प्रशिक्षकका रूपमा सन्दीप पन्त र भारतका पोथुगान्ती सतीशकुमारलाई राखेको छ । भारतका सतीशकुमार प्रो कबड्डी लिगका पूर्वखेलाडी हुन् । हिमालय रेइडर्सले करिव २२ दिन भारतको कोलापुरमा प्रशिक्षण गरेको थियो ।

भारतीय टोली सम्हालिसकेका प्रशिक्षकले पनि तयारीका साथ दिएको हिमालयनको भनाइ छ । प्रत्येक टिममा १४ खेलाडी छन् । हरेक टिमले कम्तीमा दुई देखि ४ जनासम्म विदेशी खेलाडी लिएका छन् । एकै पटक दुई विदेशी खेलाडीले खेल्न पाउनेछन् ।


प्रकाशित मिति: ३ माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?