Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

च्याट जिपिटी, एआई अब नेपालका लागि नौलो कुरा होइन : प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्राविधिक शिक्षामा बढी जोड दिइरहेको बताएका छन् ।

बिहीवार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आइटी र प्रविधिको क्षेत्रमा सरकारले जोड दिएर काम गरिरहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले च्याट जिपिटी, एआई अब नेपालका लागि नयाँ कुरा नभएको भन्दै यसको प्रयोगबाट नेपाल अघि बढ्नुपर्ने बताउदै प्रविधिबाट शतर्क हुनुपर्ने अवस्था रहेको पनि बताएका छन् ।

उनले भने, ‘अब हामी उठ्न नसक्ने कुनै कारण छैन । अब हामीले प्राविधिक शिक्षामा जोड दिनेछौँ । आइटीमा जोड दिनेछौँ । अब हाम्रा लागि नयाँ कुरा होइन । च्याट जिपिटी पनि नयाँ कुरा होइन । एआई पनि नयाँ कुरा होइन । हामी त्यसको प्रयोग गरेर बाँकी दुनियाँ जस्तै अघि बढ्न सक्छौँ । त्यसका खतरनाक पक्षहरु छन् । ति कुराहरुमा पनि हामीले ध्यान दिनुपर्छ । त्यसले अह्राएको गर्छ, साँचो र झटो धेरै छुट्याउँदैन । त्यो कुनै चित्रगुप्त होइन । अह्राएको गर्ने भएकाले गलत अह्रायो भने गलत गर्दछ । त्यो बुझ्न शतर्क हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले विदेश पलायन हुने भन्दा आफ्नो देश बनाउने कुरामा बढी ध्यान दिनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ३ माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?