Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

च्याट जिपिटी, एआई अब नेपालका लागि नौलो कुरा होइन : प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्राविधिक शिक्षामा बढी जोड दिइरहेको बताएका छन् ।

बिहीवार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आइटी र प्रविधिको क्षेत्रमा सरकारले जोड दिएर काम गरिरहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले च्याट जिपिटी, एआई अब नेपालका लागि नयाँ कुरा नभएको भन्दै यसको प्रयोगबाट नेपाल अघि बढ्नुपर्ने बताउदै प्रविधिबाट शतर्क हुनुपर्ने अवस्था रहेको पनि बताएका छन् ।

उनले भने, ‘अब हामी उठ्न नसक्ने कुनै कारण छैन । अब हामीले प्राविधिक शिक्षामा जोड दिनेछौँ । आइटीमा जोड दिनेछौँ । अब हाम्रा लागि नयाँ कुरा होइन । च्याट जिपिटी पनि नयाँ कुरा होइन । एआई पनि नयाँ कुरा होइन । हामी त्यसको प्रयोग गरेर बाँकी दुनियाँ जस्तै अघि बढ्न सक्छौँ । त्यसका खतरनाक पक्षहरु छन् । ति कुराहरुमा पनि हामीले ध्यान दिनुपर्छ । त्यसले अह्राएको गर्छ, साँचो र झटो धेरै छुट्याउँदैन । त्यो कुनै चित्रगुप्त होइन । अह्राएको गर्ने भएकाले गलत अह्रायो भने गलत गर्दछ । त्यो बुझ्न शतर्क हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले विदेश पलायन हुने भन्दा आफ्नो देश बनाउने कुरामा बढी ध्यान दिनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ३ माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?