Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

असार ७ गते ७७ जिल्लामा ७७ पटक घण्टी बजाउनुहोस् : रवि लामिछाने


२ असार, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले असार ७ गते ७७ जिल्लामा ७७ पटक घण्टी बजाउन आग्रह गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी एक वर्ष पुगेको अवसरमा उक्त दिन पार्टीले ७७ वटा जिल्लामा दिवस मनाउन लागेको हो ।

सभापति लामिछानेले उक्त दिन साँझ ७ बजे सातै प्रदेश र ७७ जिल्लामा एकसाथ ७७ पटक ‌आफ्नो घरमा, मन्दिरमा, आफू काम गर्ने कार्यालयमा घण्टी बजाउन अनुरोध गरेका छन् ।

समाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उनले भनेका छन्, ‘ह्यासट्याग बज्यो घण्टी, ह्यासट्याग अब दुईतिहाइ राखेर पोस्ट गर्नुहुन म हार्दिक अनुरोध गर्दछु।’

गत वर्ष असार ७ गते स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले २०७९ साल मंसिरमा भएको निर्वचान र २०८० मा भएको उपनिर्चान सहित प्रत्यक्ष र समानुपनतिकमा २१ सिट जितेको छ ।


प्रकाशित मिति: २ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?