Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

भरतपुरको वडा नम्बर १३ बालमैत्री घोषणा


२ असार, चितवन । भरतपुर महानगरपालिका–१३ लाई बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शुक्रबार एक कार्यक्रमका बीच वडालाई बालमैत्री घोषणा गरेकी हुन् । वडाध्यक्ष प्रकाश दवाडीलाई महानगर प्रमुख दाहालले घोषणापत्र हस्तान्तरण गर्दै बालमैत्री घोषणा गरेकी हुन् ।

बालमैत्री बन्नका लागि आवश्यक ५१ सूचक पुरा गरेसँगै यस वडालाई घोषाणा गरिएको हो । विसं २०७६ सालमा भरतपुर महानगरको वडा नम्बर १४ लाई बालमैत्री वडा घोषणा गरिएको थियो । वडा नम्बर १३ महानगरको बालमैत्री घोषणा गर्ने दोस्रो वडा बनेको छ ।

भरतपुरलाई बालमैत्री नगर बनाउन विसं २०६८ सालदेखि नै अभियान थालिएको हो । आर्थिक वर्ष ०८३÷०८४ मा महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने लक्ष्य लिइएको छ । बालबालिकालाई मूल प्रभाहिकरण गर्नुपर्छ भन्ने उद्देश्यले राज्यले दिगो विकास लक्ष्यमा समेत राखेको छ ।

सो महानगर प्रमुख दाहालले सिङ्गो महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने अभियान जारी रहेको बताउनुभयो । भरतपुरलाई बालमैत्री बनाउन सडक मानवमुक्त पहिलो महानगर, पिटुसिटु, अटिजम विद्यालय, आधा दर्जन विद्यालयमा स्रोत कक्षालगायतको कार्य गरी बालमैत्रीतर्फ उन्मुख हुँदै गएको छ ।

उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा कायम राख्न सबै पक्षले विशेष चासो र चिन्ता लिनुपर्ने बताए । घोषणा गर्ने तर व्यवहारमा फरक हुने परम्परा रहेको जनाउँदै उनले यसका लागि वडावासी सबै जिम्मेवार बन्नुपर्ने बताए । बालमैत्री घोषणासँगै थप चुनौती रहेको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बालमैत्री घोषणा गरेर यसलाई कायम राख्न सधैँ सबै पक्ष क्रियाशील हुनुुपर्ने बताउनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, विभिन्न वडाध्यक्ष, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीलगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?