Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

भरतपुरको वडा नम्बर १३ बालमैत्री घोषणा


२ असार, चितवन । भरतपुर महानगरपालिका–१३ लाई बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शुक्रबार एक कार्यक्रमका बीच वडालाई बालमैत्री घोषणा गरेकी हुन् । वडाध्यक्ष प्रकाश दवाडीलाई महानगर प्रमुख दाहालले घोषणापत्र हस्तान्तरण गर्दै बालमैत्री घोषणा गरेकी हुन् ।

बालमैत्री बन्नका लागि आवश्यक ५१ सूचक पुरा गरेसँगै यस वडालाई घोषाणा गरिएको हो । विसं २०७६ सालमा भरतपुर महानगरको वडा नम्बर १४ लाई बालमैत्री वडा घोषणा गरिएको थियो । वडा नम्बर १३ महानगरको बालमैत्री घोषणा गर्ने दोस्रो वडा बनेको छ ।

भरतपुरलाई बालमैत्री नगर बनाउन विसं २०६८ सालदेखि नै अभियान थालिएको हो । आर्थिक वर्ष ०८३÷०८४ मा महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने लक्ष्य लिइएको छ । बालबालिकालाई मूल प्रभाहिकरण गर्नुपर्छ भन्ने उद्देश्यले राज्यले दिगो विकास लक्ष्यमा समेत राखेको छ ।

सो महानगर प्रमुख दाहालले सिङ्गो महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने अभियान जारी रहेको बताउनुभयो । भरतपुरलाई बालमैत्री बनाउन सडक मानवमुक्त पहिलो महानगर, पिटुसिटु, अटिजम विद्यालय, आधा दर्जन विद्यालयमा स्रोत कक्षालगायतको कार्य गरी बालमैत्रीतर्फ उन्मुख हुँदै गएको छ ।

उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा कायम राख्न सबै पक्षले विशेष चासो र चिन्ता लिनुपर्ने बताए । घोषणा गर्ने तर व्यवहारमा फरक हुने परम्परा रहेको जनाउँदै उनले यसका लागि वडावासी सबै जिम्मेवार बन्नुपर्ने बताए । बालमैत्री घोषणासँगै थप चुनौती रहेको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बालमैत्री घोषणा गरेर यसलाई कायम राख्न सधैँ सबै पक्ष क्रियाशील हुनुुपर्ने बताउनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, विभिन्न वडाध्यक्ष, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीलगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?