Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

८० हजार किमी गुड्यो ‘एनआइयू इलेक्ट्रिक’


१ असार, काठमाडाैँ । स्मार्ट अर्बन मोबिलिटीको अग्रणी प्रदायकका रूपमा विकसित हुँदै गएको ‘एनआइयू इलेक्ट्रिक’ दुई पाङ्ग्रे सवारीसाधन नेपालमा ८० हजार भन्दा किलोमिटर गुड्न सफल भएको छ ।

इको इन्फिनिटी प्रालिले सन् २०१७ देखि सो ब्राण्डका सवारीसाधन नेपाल भित्र्याएको थियो । ‘एनआइयू इलेक्ट्रिक’का ब्याट्री अत्याधुनिक प्रविधियुक्त भएका कारण नेपालमा यसले लोकप्रियता हासिल गर्दै गएको जनाइएको छ ।

‘एनआइयू’को पोर्टफोलियोमा छ सिरिजका दुई पाङ्गे सवारीसाधन नेपाली बजारमा उपलब्ध रहेका इको इन्फिनिटी प्रालिका व्यवस्थापन निर्देशक डा. मौसम बोहराले आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिए।

लिथियम पावर्ड इलेक्ट्रिक टु हिलर कम्पनीले विकसित गरेका ‘एनआइयू’ चौथो पुस्ताको ब्याट्री समेत नेपाल भित्रिसकेको छ । उनले चौथो पुस्ताका ब्याट्री लिथियम टेक्नोलोजीमा आधारित रहेको जानकारी दिए । यस्ता सवारी साधनमा ब्याट्री लामो समयसम्म टिक्ने जनाइएको छ । व्यवस्थापन निर्देशक डा. बोहराले भने, “ यस्ता ब्याट्रीले लामो रेञ्ज उपलब्ध गराउँछ । आधुनिक लिथियम आयन ब्याट्री टेक्नोलोजीले सजिलैसँग स्कुटरलाई सक्षम बनाउँछ । यसले प्रदर्शन, सुरक्षा र शैलीमा सम्झौता गर्दैन ।”

एनआइयू इनर्जी टेक्नोलोजीले अनुकूलित स्टेट अफ चार्ज एल्गोरिदम, गतिशील सेल्फ लिर्निग ब्याट्री व्यवस्थापन प्रणाली र कन्फिगर योग्य क्षेत्र उन्मुख नियन्त्रणमार्फत यसको उद्देश्य प्राप्त गर्ने जनाइएको छ ।

पछिल्लो समय नेपालमा सहरी गतिशीलता, अवधारणा र छनोटमा परिवर्तन हुँदै गएको छ । यस्ता सवारीसाधनले वायु प्रदूषण कम गर्न, सुविधाजनक यात्रा गर्न र अधुनिक वातावरणमैत्री बनाउन कोशेढुङ्गाका रूपमा काम गरेका जनाइएको छ । ‘एनआइयू इलेक्ट्रिक’ आम उपभोक्ताको रोजाइमा पर्न गएको उनले बताए ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?