Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

बारको सदस्यता सहज बनाउन माग गर्दै बार अध्यक्षलाई कानुन व्यावसायीले बुझाए पत्र


१ असार, काठमाडाैँ । विभिन्न ३५ जना कानुन व्यवसायीहरुले नेपाल बार एसोसिएसनको सदस्यता प्राप्त सहज बनाउन माग गर्दै बारका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् ।

आइतबार यज्ञमणी न्यौपानेसहितिका कानुन व्यवसायीहरुले बार अध्यक्ष गोपालकृष्ण घिमिरेलाई भेटेर ३ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

काुनन व्यवसायीहरुले नेपाल बार र न्यायालय भित्र राजनीति नगर्ने परिपार्टी संस्थागत गर्न पनि माग गरेका छन् । नवोदित कानुन व्यवसायीले सदस्यता प्राप्त गर्दा नै राजनीतिक आस्था देखाउनु पर्ने हो भने बार र बेन्चमा राजनीति गर्ने कार्य कहिल्यैपनि समाप्त नहुने भन्दै ज्ञापनपत्रमा भनिएको छ । त्यस्तै कानुन व्यवसायीको प्रमाणपत्र प्राप्त गरिसके पश्चात् लाग्ने दस्तुर र आवश्यक कागजात सहित आफ्नो अनुकुलको कुनैपनि बारमा सदस्यताका लागी निवेदन गर्दा तुरुन्त सदस्यता प्रदान गरी सदस्यता ग्रहण गर्नु गराउनु, राजनीतिक विचार, राजनीतिक आस्था तथा घोषित अघोषित सिफारिस हुनुपर्ने प्रचलनलाई आजकै मितिबाट समाप्त गर्न पनि उनीहरुको माग छ ।

‘योग्यता पुगेका जुनसुकै कानुन व्यवसायीलाई तत्काल बारको सदस्यता प्रदान गर्नु भनी निर्णय गरी सो को जानकारी ७७ वटै जिल्ला बार ७ वटै उच्च बार र सो का इजलासहरुमा रहेका बारहरु तथा सर्वोच्च बार एशोशिएसन समेतलाई निर्देशन सहितको निर्णय गरी पत्राचार गरी सो को जानकारी समेत पाउँ’, बार अध्यक्षलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?