Trending
>>   बालेन क्याबिनेटको चित्र स्पष्ट: कुन मन्त्रालय कसलाई ? >>   बालेन शाह प्रधानमन्त्री बनेपछि डा. बाबुराम भट्टराईको शुभकामना >>   बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त >>   श्रद्धा, भक्ति र उल्लासपूर्ण रूपमा राम नवमी मनाइँदै >>   राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र साह चयन >>   एमाले वैचारिक रूपमा बिग्रेको छैन, सांगठनिक कमजोरी मात्र होः अध्यक्ष ओली >>   जेन–जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः काँग्रेस >>   जाँदा जाँदै गृहमन्त्री अर्यालले भनेः ‘संविधान सही बाटोमा फर्कियो’ >>   प्रश्न गरेर सरकारलाई सहयोग गर्छौंः हर्कराज राई >>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी
Logo
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार

अझै सञ्चालनमा आएन ‘सिटी हल’


३२ जेठ, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित निर्माण भएको सभागृह (सिटीहल) प्रयोगविहीन बनेको छ । विसं २०७५ मा निर्माण सम्पन्न भएको उक्त सभागृह हालसम्म प्रयोगमा आउन सकेको छैन । तीन तले सुविधा सम्पन्न सभागृहमा तीन हलका साथै चेन्जिङ रुम, अन्डरग्राउण्ड पार्किङको सुविधा पनि छ । तर निर्माण सम्पन्न भएको पाँच वर्ष बित्दासमेत उक्त सभाहल सञ्चालनमा आउन सकेको छैन । सभाहल सञ्चालनमा नआउँदा चर्को भाडा तिरेर निजी हल, होटेल प्रयोजन गर्नुपरेको स्थानीयवासीको गुनासो छ ।

तत्कालीन महेन्द्रनगर नगर विकास समितिले आठ करोडको लगानीमा निर्माण गरेकोे सभागृह अहिले भीमदत्त नगरपालिका मातहत छ । तत्कालीन नगर विकास समिति अहिले भीमदत्त नगर विकास समिति बनेको छ ।

सभा हल सञ्चालनमा ल्याउने दायित्व भीमदत्त नगरपालिकाको भए पनि नगरपालिकाले सभाहल सञ्चालनमा ल्याउन सकेको छैन । भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले सभागृह जुन उद्देश्यले निर्माण गरिएको थियो सो उद्देश्य बमोजिम प्रयोगमा आउन नसकेको बताए ।

“सभाहल सञ्चालन गर्ने दायित्व नगरपालिकाको भए पनि सञ्चालन गर्न सकिएको छैन ।” उनले भने,“विभिन्न समस्याका कारण नगर विकास समितिको बैठक नै नियमित बस्न सकेको छैन ।” हालसम्म नगरपालिकाले सभागृह सञ्चालनका लागी आवश्यक मापदण्ड नै तयार गर्न सकेको छैन ।

स्थानीय नरेश जोशीले राज्यको करोडौँ रकम खर्चेर निर्माण गरिएको सभागृह तत्काल सञ्चालनमा ल्याउनुपर्ने बताए । “सुविधा सम्पन्न सभाहल बनेर प्रयोग नआउनु नगरपालिकाको लज्जाको विषय पनि हो ।” उनले भने,“अहिलेको नेतृत्वले यथाशीघ्र उक्त सभागृह सञ्चालनमा ल्याउन जरुरी छ ।”

उनले सभागृह सञ्चालनमा आए कुनै कार्यक्रमको आयोजना गर्नुप¥यो भने चर्को शुल्क तिरेर होटेलमा जानुपर्ने बाध्यता हट्ने बताए। पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको साँढे पाँच बिघा जमिन क्षेत्रफलमा सभागृह निर्माण गरिएको छ ।

अपाङ्गमैत्री सभागृहमा एक हजारजना अटाउने क्षमता छ । यहाँका स्थानीयवासीले भने सभागृह जुन प्रयोजनका लागि बनेको हो त्यही प्रयोजनमा ल्याउनुपर्ने बताएका छन । “सभागृहमा अहिले नगरपालिकाले भूमि आयोगको कार्यालय राखेको छ जुन प्रयोजनका लागि बनेको हो त्यही प्रयोगमा ल्याउनुपर्छ ।”

स्थानीयवासी मदन चन्दले भने,“समागृह महेन्द्रनगरको आवश्यकता भएरै निर्माण गरिएको हो हालसम्म सञ्चालनमा आउन नसक्नु दुःखद हो ।” २०६५ सालमा श्यामसुन्दर र गौरी पार्वती जेभी निर्माण कम्पनीसँग दुई वर्षभित्र काम सक्ने गरी रु ६ करोड ८१ लाखमा सभागृह निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सम्झौता हुँदाको इस्टमेट र डिजाइन परिवर्तन भएपछि ठेक्का रकम रु एक करोड ७० लाख बढाएर रु आठ करोड ५१ लाखमा सभागृह निमार्ण सम्पन्न भएको थियो ।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?