Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

सिँचाइको विद्युत महसुल गाउँपालिकाले तिर्ने


रुपन्देहीको एउटा गाउँपालिकाले कृषि मिटर जडान गरी विद्युत्को महसुल तिरिदिने निर्णय गरेको छ । जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा रहेको कोटहीमाई गाउँपालिकाले सिँचाइ समस्या समाधानका लागी सो निर्णय गरेको जनाएको छ । एउटामात्र मुख्य मिटर जडान गरी सिँचाइ प्रयोजनका लागि प्रयोग हुने सम्पूर्ण विद्युत् महसुल गाउँपालिकाले बेहोर्ने प्रतिबद्धतासहित विद्युतीय पूर्वाधार निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रसँग गाउँपालिकाले माग गरेको छ ।

अधिकांश कृषियोग्य भूमिमा समस्या भइरहेको भन्दै सम्पूर्ण वडामा एकसय केभिएको ट्रान्सफर्मर तथा विद्युतीय लाइन विस्तार गर्न आग्रह गर्दै सिँचाइ प्रयोजनमा खपत हुने महसुल गाउँपालिकाले बुझाउने प्रतिबद्धता पत्रमा उल्लेख छ । कृषि क्षेत्र वृद्धि, विस्तार र सुधार ल्याउन तथा किसानलाई सिँचाइमा सहजीकरणका लागि लाग्ने सम्पूर्ण विद्युतीय महसुल गाउँपालिकाले नै तिर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताउनुभयो । कृषि क्षेत्रको वृद्धि–विकासका लागि सिँचाइ कार्यमा प्रयोग हुने सम्पूर्ण विद्युतीय महसुल गाउँपालिकाले नै तिर्ने निर्णय लुम्बिनी प्रदेशमै पहिलो हो ।

गाउँपालिका अध्यक्ष त्रिपाठीले भन्नुभयो, “सिँचाइलाई प्रयोग हुने विद्युत् महसुल गाउँपालिकाले तिर्ने निर्णय भए पनि विद्युत्को दुरुपयोग हुने सम्भावना रहेकाले त्यसलाई रोक्न गाँउपालिकाले प्रभावकारी संयन्त्रको व्यवस्था गर्नेछ ।” माघ ११ गते बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकामा स्वीकृत भएका योजनामध्ये डिप ट्युवबेल, बोरिङ तथा ह्याण्ड पम्प जडान कार्यमा संलग्नबमोजिम तथा एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि २०७९ समेत स्वीकृत गर्ने निर्णय गरेको छ ।


प्रकाशित मिति: १४ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?