Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

विकास समिति ऐन, २०१३ अनुसारका संस्थाका बारेमा छलफल सुरु


३१ जेष्ठ ,काठमाडौँ । विकास समिति ऐन, २०१३ अनुसार गठन आदेश जारी भई करिब एक सय ८८ संस्था स्थापना भएको भन्दै राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले छलफल सुरु गराएको छ ।

यसरी गठन भएका सरकारी संस्थामा हाल छ हजार सात सय ६४ जना करार र ज्यालादारीका कर्मचारी रहेको समितिले गठन गरेको उपसमितिले अध्ययन गरी सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

समिति सभापति मायाप्रसाद शर्माले यस विषयमा सरोकार भएका सबैलाई राखेर छलफललाई निरन्तरता दिने बताए । सांसद मदनकुमारी शाह (गरिमा), तुलसाकुमारी दाहाल, गोपाल भट्टराई, नरबहादुर विष्ट, सुमित्रा विसी, गोमादेवी तिम्सिना, युवराज शर्मा, नरपति लुवार, बिना पोखरेललगायतले विकास समिति ऐन, २०१३ पुरानो भएकाले समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए ।

प्रत्यायोजित विधायन पुनःप्रत्यायोजन गर्नु कानूनसम्मत नहुने भएकाले छिटोभन्दा छिटो ऐन बनाउनुपर्नेमा उहाँहरूको जोड थियो । मुख्यसचिव शङ्करदास वैरागीले संसद्को अधिकार हनन हुने गरी अधिकार प्रत्यायोजन नभएको बताए ।

कानून मन्त्रालयको स्वीकृति लिएरै यस्ता प्रक्रिया अपनाएको उहाँको भनाइ थियो । संविधानअनुसार बनाउनुपर्ने कानून बनाउन नसकेको मुख्यसचिव वैरागीको स्वीकारोक्ति थियो । समितिको सिफारिससहित प्रतिवेदन प्राप्त भएमा त्यसलाई आफूले मन्त्रिपरिषद्मा पेश गर्ने उनको प्रतिबद्धता छ ।

विकास समिति ऐन, २०१३ लाई सक्दो छिटो संशोधन गरिने पनि मुख्यसचिव वैरागीको भनाइ छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव उदयराज सापकोटाले विकासका लागि छिटो गर्न गठन आदेश जारी भएको बताए ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?