Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

वन अतिक्रमण गरी बनाएका घर भत्काइए


३१ जेष्ठ ,बैतडी । बैतडीमा सामुदायिक वन अतिक्रमण गरेर बनाइएका घर भत्काइएको छ । मेलौली नगरपालिकाका दुई सामुदायिक वन अतिक्रमण गरेर बनाइएका २७ घर भत्काइएको हो ।

डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार मेलौली–७ चापछाड सामुदायिक वन र वडा नं ८ को कोटीगाउँ सामुदायिक वन अतिक्रमण गरी निर्माण गरिएका घर डोजर प्रयोग गरी भत्काइएको हो ।

वन कार्यालयले यसअघि पटक पटक ती संरचना हटाउन सूचना जारी गर्दैआएको थियो । उनले भने, “सूचनाको अवज्ञा गरेपछि अतिक्रमण गरी बनाएका घर भत्काएका हौँ ।”

जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, मेलौली नगरपालिका र सुरक्षाकर्मीको टोलीले अवैध संरचना हटाएको हो । स्थानीयले वन अतिक्रमण गरी किराना पसल, हार्डवेयर पसल र मिलसमेत सञ्चालन गरेका थिए ।

जिल्लाका अन्य स्थानमा पनि सामुदायिक वन अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइने डिभिजन वन कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?