Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

७० घरबस्ती जोगाउन खानीखोलामा तटबन्ध


३१ जेठ, तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित खानीखोला क्षेत्रका बस्ती जोगाउन तटबन्धन निर्माण भएको छ । भू–तथा जलाधार व्यवस्थापन कार्यालय र मुग्लिन–पोखरा पूर्वी सडक आयोजनाको संयुक्त सहयोगमा तटबन्ध निर्माण गरेको हो ।

तटबन्धकार्यपश्चात त्यस क्षेत्रका झन्डै ७० घरधुरीको संरक्षण भएको वडाध्यक्ष आशबहादुर गुरुङले जानकारी दिए । वर्षायाम सुरु भएसँगै त्यस क्षेत्रका मानिस रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेकाले तटबन्ध निर्माणपश्चात समस्या हटेको उनले बताए ।

आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेश सरकार पूर्वमन्त्री हरिबहादुर चुमानको पहलमा बस्ती संरक्षणका लागि रु आठ लाख विनियोजन भएको हो । वडाध्यक्ष गुरुङको पहलमा मुग्लिन–पोखरा पूर्वी सडक आयोजनाले एक सय २० र गण्डकी प्रदेश सरकारले ५० मिटर तटबन्ध गरेको खानीखोला तटबन्धन निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णविक्रम थापाले जानकारी दिए ।

उक्त क्षेत्रमा करिब १५ मिटर गहिराइ र ३० मिटर उचाइको पर्खाल निर्माण गरिएको छ । उनले भने, “खोलामा आउने बाढीबाट कटान रोक्न पर्खाल लगाएका र नलगाएका क्षेत्रमा ठूला–ठूला ढुङ्गा राख्ने योजना बनाएका छौँ ।”

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको पहलमा प्रदेश सरकारले आर्थिक सहयोग गरेको हो । उक्त क्षेत्रमा अझै संरक्षण गर्नुपर्ने भएकाले सम्बन्धित निकायसँग समन्वय गरी काम गर्ने योजना बनाइएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिए ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?