Trending
>>   अब काँग्रेस नियमित महाधिवेशनमा जुट्छ, सरकारलाई राम्रो काममा सघाउँछौँः विश्वप्रकाश शर्मा >>   रास्वपाको उदय हाम्रै कमजोरीको परिणामः विश्वप्रकाश शर्मा >>   बालेनलाई ओलीको बधाई सन्देश :पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् >>   बालेन्द्र शाहको धमाकेदार विजय: केपी ओली झापा–५ मा पराजित >>   रास्वपाले विजय र्‍याली नगर्ने, जितको उन्मादमा विपक्षीलाई गालीगलौज नगर्न कार्यकर्तालाई लामिछानेको निर्देशन >>   रास्वपाले जनताको युगौं युगदेखिको समस्या समाधान हुनेगरी काम गर्छः सोविता गौतम >>   हाम्रो कुटनीति ‘विकास कुटनीति’ हुनेछ, लगानीकर्ताले नेताको आश्रय लिनुपर्दैनः रवि लामिछाने >>   मदिरा बिक्री र रात्रीकालीन व्यवसायमाथि लगाइएको प्रतिबन्ध हटाइयो >>   हामी काम गर्छौं भनेर आएका छौँ, काम नै हाम्रो आवाज होः विना गुरुङ >>   जेन–जी आन्दोलनको मर्म अनुसार काम गर्नेछुः उत्तमप्रसाद पौडेल
Logo
२४ फाल्गुन २०८२, आईतवार
२४ फाल्गुन २०८२, आईतवार

आज मिति २०८० साल जेठ ३१ गते बुधबार, आजको राशीफल


आज मिति २०८० साल जेठ ३१ गते बुधबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष – आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हाँसिल गर्न सकिनेछ । नोकरीमा बढोत्तरी हुने योग रहेको छ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यवसायमा लगानी गरी मनग्गे नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा लगानी गर्नेहरु सफल रुपमा स्थापित हुनेछन् । गीत सङ्गीतमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेको छ।

वृष – सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको बलियो पकड रहने हुनाले कामहरु सजिलै सम्पादन हुनेछन् । राज्यबाट पाउने सेवा सुविधा पाइने छ भने मान सम्मानमा वृद्धि भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ।

मिथुन – व्यापार व्यवसायमा नाफा कमाउन बढि नै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्य कुराहरु बाहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । श्वासप्रश्वास तथा छाती सम्बन्धि समस्याले सताउने हुँदा काम गर्न अप्ठ्यारो महसुस हुनेछ । दिदी बहिनीसँग मनमुटाव बढ्ने योग रहेको छ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला, दिन मध्ययम रहेको छ । साँझपख बैंक तथा वित्तिय क्षेत्रमा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ।

कर्कट – अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुशी भएको महशुस गर्नेछन् । रमाईलो यात्रा तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तीको गतिलो सम्भावना रहको छ । साँझपख सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला।

सिंह – आफन्त तथा मावली पक्षको सहयोग पाइने हुनाले कामहरु गर्न शरीरमा उर्जा पैदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरीको योग रहेको छ भने थोरै लगानी बाट यथेष्ट लाभ लिन सकिनेछ । अदालती निर्णयहरु तपाईंकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभुती हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ।

कन्या – आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ भने शेयर बजार तथा सट्टाको व्यवसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे धन लाभ हुनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुहरुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा मायामा सामिप्यता बढेर जानेछ।

तुला – घरजग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला, घाटा लाग्न सक्छ । विद्यामा सन्तोषजनक प्रगती भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यवसाय भने फस्टाएर जानेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव बढ्नेछ । विश्वास गरेकाहरु बाट धोका हुनसक्छ, सजक रहनुहोला । साँझपख समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ।

वृश्चिक – आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेको छ । दाजुभाइ हरुसँगको सम्बन्धमा नयाँपनको विकास हुनेछ । छोटो दुरीको व्यवसायिक यात्रा तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्ने आँट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ । साँझपख समय मध्ययम रहेकोले घर जग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला।

धनु – बोलीको प्रभाव बढ्ने हुनाले महत्वपूर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नीबीच विश्वासको वातावरण बढ्ने तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपाईंले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेको छ । व्यापार व्यवसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ।

मकर – व्यापार व्यवसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानी खेर जाने छैन भने पद पाउने योगलाई नकार्न सकिँदैन । सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामिप्यता बढ्नेछ । विद्यामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ।

कुम्भ – न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपूर्ण कामहरु थाति रहनेछन् । लामो दुरीको वैदेशिक यात्रा तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैयाँ पैसा कमाउन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधी उपचार खर्च बढेर जानेछ । साँझको समय राम्रो रहेकोले व्यापारमा वृद्धि हुनेछ।

मीन – व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ । विशेष गरी हाईड्रोपावर, पानी तथा औषधीसँग सम्बन्धित व्यवसायबाट प्रशस्त लाभ लिन सकिनेछ । विद्यामा सोचे अनुरुप नै प्रगती हुनेछ । परिवार तथा आफन्तहरु तपाईंको कामदेखि प्रशन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाइ बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वातावरण झन् कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम, दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ । साँझपख लामो दुरीको यात्रा तय हुनेछ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?