Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

गोकर्णेश्वरमा देखिएको दादुरा नियन्त्रणमा


३० जेठ, काठमाडाैँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको छ । गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले वडा नं ९ स्थिति जोभो कदम्पा विद्यालयका चारजनामा देखिएको दादुरा नियन्त्रणमा जानकारी दिए ।

यही जेठ २४ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको शङ्कास्पद देखिएका पाँचजनाको परीक्षणमा चारमा दादुरा भएको पुष्टि भएको थियो । “दादुरा देखिएपछि ती चार जनालाई आइसोलेसनमा चिकित्सकको निगरानीमा राख्यौँ”, उनले भने, “अहिले उक्त क्षेत्रमा दादुरा प्रकोप नियन्त्रणमा रहेको छ, हामीले फैलिन दिएनौँ ।”

उनले उक्त विद्यालयका १५ वर्षमुनिका चार सय १९ जनालाई दादुराविरुद्धको खोप पनि दिइएको जानकारी दिए । विद्यालयमा रहेका पाँच सय ६० को परीक्षणमा ६३ जनामा दादुरा जस्तै लक्षण र १६ जनामा बान्ता तथा ज्वरो आउने दादुरा जस्तै समस्या देखिएको थियो । शाखाप्रमुख उपाध्यायले ती दादुराका शङ्कास्पद देखिएका बिरामीलाई भिटामिन ‘ए’ खुवाइएको जानकारी दिए ।


प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?