Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

युक्रेनमा आएको बाढीमा परी ३५ जना बेपत्ता


२९ जेठ, एजेन्सी । दक्षिणी युक्रेनमा आइतबार आएको विनाशकारी बाढीका कारण सात बालबालिकासहित ३५ जना बेपत्ता भएका छन् ।

खेर्सन क्षेत्रको अग्रपङ्क्तिमा रहेको रूसी नियन्त्रित काखोभका जुन ६ मा बाँध ध्वस्त भएपछि हजारौं मानिस भाग्न बाध्य भएका थिए ।

युक्रेनले निप्रो नदीमा रहेको बाँध रूसले भत्काएको आरोप लगाएको छ भने मस्कोले कीएभले उक्त संरचनामा विष्फोट गराएको आरोप लगाएको छ ।

युक्रेनका आन्तरिक मामिलामन्त्री इगोर क्लाइमेन्कोले दक्षिणी क्षेत्र खेर्सन र माइकोलाइभका ७७ वटा शहर र गाउँ डुबानमा परेको बताएका छन् ।

क्लाइमेन्कोका अनुसार खेरसन क्षेत्रमा सात बालबालिकासहित ३५ जना हराइरहेका छन् । बाढीका कारण खेर्सन क्षेत्रमा पाँच जनाको मृत्यु भएको थियो भने माइकोलाइभ क्षेत्रमा एक जनाको मृत्यु भएको थियो ।

ती दुई क्षेत्रमा रहेका तीन हजार ७०० जनालाई सुरक्षितस्थलमा सारिएको उनले बताए । युक्रेनका अभियोजक जनरल एन्ड्री कोस्टिन र अन्तर्राष्ट्रिय फौजदारी अदालतका प्रतिनिधिले पनि बाढी प्रभावित क्षेत्रको भ्रमण गरेको उनको कार्यालयले जनाएको छ ।

“चेर्नोबिलपछिको यो सबैभन्दा खराब वातावरणीय विपत्ति हो, त्यसैले हामी युद्ध अपराधमात्र होइन, पर्यावरणीयस्थलको पनि अनुसन्धान गरिरहेका छौं,” कोस्टिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

“अवस्था निकै जटिल छ,” उनले भने । उनले कम्तीमा तीन वटा चिहान, तेल भण्डारण टर्मिनल र फोहोरको थुप्रोलगायत धेरै ‘खतरनाक’ सुविधाहरू जलमग्न भएको उल्लेख गरेका छन् ।

उनका अनुसार कूल ४५० टन टर्बाइन तेल निप्रो र काला सागरको पानीमा खसेको छ । बाँधमा विस्फोटपछि १७० भन्दा बढी अभियोजकहरूले बाँधमा भएको हस्तक्षेपको अनुसन्धान गरिरहेका छन् ।

“अनुसन्धानका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतका हाम्रा सहकर्मीहरू पनि हामीसँगै छन्,” उनले भने ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?