Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

निजामती कर्मचारीको प्रतिभा प्रष्फुटन कार्यक्रम सुरु


२८ जेष्ठ ,काठमाडौँ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आइडिया स्टुडियो नेपालको सहकार्यमा निजामती कर्मचारीका प्रतिभा प्रष्फुटनका लािग प्रतिभा डबली कार्यक्रम सुरु भएको छ ।

जेठ ३२ गतेसम्म कार्यक्रम सञ्चालन गरिनेछ । निजामती कर्मचारीमा रहेको प्रतिभा प्रस्फुटन गर्न गत साल झै यस वर्ष पनि सरकारी प्रणालीको क्षमता विकास गर्दै नीति तर्जुमा सहयोग, नीति कार्यान्वयन, सेवा प्रवाह तथा विकास निर्माणलगायत सार्वजनिक सरोकारका विषयमा कार्यक्रम सुरु भएको हो ।

यसका अतिरिक्त व्यक्तिगत जीवनमा आफूमा अन्तरनिहित प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्न यो कार्यक्रम सञ्चालन गरिएको स्टुडियोका कार्यकारी निर्देशक छिरिङ लामाले राससलाई जानकारी दिए ।

कार्यक्रममा विभिन्न कार्य क्षेत्रका सहभागीको विचारलाई परिष्कृत गरिनेछ । कार्यक्रमले सहयोग, सिकाइ र वृद्धिको लागि अनुकूल वातावरण प्रदान गर्ने जनाइएको छ ।

सहभागीले नयाँ दृष्टिकोण अन्वेषण गर्न, बहुमूल्य अन्तरदृष्टि प्राप्त गर्न र निजामती कर्मचारीले सामना गर्ने चुनौतीको लागि नवीन समाधान विकास गर्न सक्ने विश्वास गरिएको उनले बताए ।


प्रकाशित मिति: २८ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?