Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

वातावरण संरक्षणमा सबैको सक्रियता आवश्यक : मन्त्री आचार्य


२७ जेष्ठ ,काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सुन्दर, सफा र स्वच्छ हरियाली बनाउने अभियानमा सबैको सक्रियता जरुरी भएको बताएका छन्।

नेपाल टेलिकमले मैनादेवी फाउण्डेशनको सहकार्यमा सञ्चालन गरेको ‘नेपाल टेलिकम क्लिन अप प्रिमियर लिग’ को आज समापनका अवसरमा उनले वातावरणीय सन्तुलन कायम राख्न र यसबारे जनचेतना अभिवृद्धि गर्न कलेजहरूले गरेको कार्य निकै प्रशंसनीय भएको बताए । मन्त्री आचार्यले यसबाट वातावरण संरक्षणप्रतिको जागरुकता सबैमा जगाउन प्रेरणा मिलेको र यसमा अन्य सङ्घसंस्थालाई पनि हातेमालो गर्न प्रेरणा मिल्ने बताए ।

सांसद आरजु राणा देउवाले वातावरण स्वच्छ राख्न सबैमा प्रेरणा जगाउने कार्यमा नेपाल टेलिकम जस्ता संस्थाहरूले सहयोग गरेकोमा आभार व्यक्त गर्दै अहिलेका युवा पुस्तालाई यसबाट वातावरण संरक्षणमा धेरै महत्त्वपूर्ण प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्। नेपाल टेलिकमका प्रबन्धक रीना डङ्गोलले युवा पुस्तालाई विभिन्न कार्यमा लाग्न कम्पनीले प्रेरित गरिरहेको बताईन् ।

मैनादेवी फाउण्डेशनका संस्थापक केपी खनालले देशभरका विभिन्न स्थानको सरसफाइ कार्यमा फाउण्डेशन सक्रिय रहेको र अब काठमाडौँ उपत्यकापश्चात देशका अन्य क्षेत्रमा नयाँ सफाइ अभियानको थालनी गरिने बताए । काठमाडौँ उपत्यकाका १५ कलेजका विद्यार्थीहरू सहभागी सो कार्यक्रममा विद्यार्थीहरूले आफ्नो क्षेत्रमा सरसफाइ गर्नुका साथै सो क्षेत्रलाई सरसफाइको नमूना बनाउनका लागि आफ्नो अवधारणा प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा समृद्धि कलेजले पहिलो स्थान, जया मल्टिपल कलेजले दोस्रो स्थान र इम्पेरियल बिजनेस कलेजले तेस्रो स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु एक लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

मन्त्री आचार्यले विजेता कलेजलाई पुरस्कृत गरेका थिए । गत वैशाख ९ गते विश्व पृथ्वी दिवसका दिन नेपाल टेलिकमको केन्द्रीय कार्यालय प्राङ्गणबाट सो कार्यक्रमको शुभारम्भ गरिएको थियो । प्रतियोगितामा सहभागी विद्यार्थीले हरेक साता शुक्रबार वा शनिबार सरसफाइ कार्य गरेका थिए । उनीहरूले कलेज क्षेत्रका विभिन्न स्थानमा सरसफाइ गर्ने मात्र नभई भविष्यमा फोहोर नै हुन नदिनका लागि समेत आफ्ना अवधारणा प्रस्तुत गरेका थिए । यसबाट भविष्यमा जलवायु परिवर्तन र वातावरण संरक्षणको बारेमा सबैको चासो बढ्ने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?