Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

सरकारमा बसेकाहरुका प्रति चरमनिरासा हुदा आत्मदाहाको घटना : नेता महर


काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार र सरकारमा बस्नेहरूको चरित्र र सुरुवाती भूमिका हेर्दा जनताले आशा-भरोसा गर्ने ठाउँ नरहेको टिप्पणी गरेका छन्। कपिलवस्तु कांग्रेसले चन्द्रौटामा सहिदको सम्झनामा आयोजना गरेको एक कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेता महरले थरिथरिका अनुहारको थरिथरि भूमिका भएकाले जनतामा चरमनिरासा बढेको बताएका छन ।

‘संसद भवन रहेको क्षेत्र सुरक्षाका दृष्टिकोणले उच्च सुरक्षीत स्थान हो। एक नागरिकले त्यही सुरक्षा घेराबीच संसद भवनको मूल गेटमै आत्मदाह गर्नू निकै निरासाको कुरा हो। यो क्रम बढ्दो छ। सरकारले आफ्ना नागरिकप्रति गम्भीर भएर सोच्नुपर्नेमा सरकारमा बस्ने व्यक्तिहरू नै विभिन्न मुद्दा र काण्डमा मुछिएका कारण जनताले भरोसा गर्ने ठाउँ देखिदैन,’ उनले भने। नयाँ शक्ति र युवाको नारा दिएर सत्तामा पुगेकाहरू नै पछिल्ला दिनमा एकपछि अर्को काण्डमा मुछिँदै विवादित बन्नुले उनीहरूभित्र लुकेको स्वार्थ छरपस्ट भइरहेको महरले आरोप लगाए।

यस्तो अवस्थामा कांग्रेस जनताको विश्वासिलो पार्टी बनेर उभिनुपर्ने उनको धारणा छ। ‘कांग्रेस एकमात्र त्यस्तो पार्टी हो जो सधैँ जताको सुखदु:खमा साथमै उभियो। फेरि हामी जनताको ढाडस बनेर उभिनुपर्ने बेला आएको छ। जनताको चरम निरासालाई कांग्रेसले सम्बोधन गर्न सक्नुपर्छ। र, कांग्रेस सो दिशामा अग्रसर पनि हुन्छ। तपाईंहरू कांग्रेसमाथि भरोसा गर्नुहोला,’ नेता महरले भने।

उनले मुलुकको समृद्धिका लागि सहिदहरूले प्राणको आहुती दिएको स्मरण गर्दै सरकार सहिदको त्याग, बलिदानी र सपनाप्रति जिम्मेवार हुनुपर्ने धारणा राखे। नेताहरूको मुलुकको विकास र जनताप्रतिको समर्पंण भएमात्र सहिदहरूप्रतिको सच्चा सम्मान हुने बताए।

हिजो सत्ता बाहिर हुँदा ठूलो-ठूलो स्वरमा कराउनेहरू अहिले लम्पसार बनेको देख्दा दोहोरो भूमिकाले उनीहरूको चरित्र छरपस्ट हुँदै गएको महरको टिप्पणी छ।


प्रकाशित मिति: १३ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?