Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सताधारी पहिचानबादीहरुले एमालेका नेताहरुलाई मात्र आक्रमण गरे : योगेश भट्टराई


२६ जेठ, काठमाडाैँ । कोशी प्रदेश नामकरणको आन्दोलन आफनो पार्टी प्रति लक्षित भएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको् जारी बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले सरकारले सुरक्षा दिन सक्दैन भने पार्टीले आफनो सुरक्षा आफै गर्नेसमेत बताएका छन् ।

‘मधेसमा एमालेलाई लखेटने भनियो, मधेसमा एमाले पहिलो पार्टी भयो, पुर्वमा एमालेलाई लखेटने भनियो, २०७० सालमा ताप्लेजुङ देखी पुर्वका धेरै ठाउँमा हाम्रै पार्टीले नै जीत हासिल गरेको छ,’ भट्टराईले भने, ‘प्रदेशको नाम के राख्ने हामी (केन्द्र) सँग मतलब छैन, त्यो प्रदेशको कुरा हो, कसैलाई नाममा आपत्ति भए दुई तिहाई ल्याएर परिवर्तन गरे भईहाल्छ तर पहिचानको नाममा एमाले माथी आक्रमण भईरहेको छ, यो सैहय छैन ।’

सताधारी पहिचानबादीहरुले एमालेका नेताहरुलाई मात्र आक्रमण गरेको जनाउँदै सरकारले सुरक्षा दिन सक्दैन भने आफै आफनो सुरक्षा गर्ने पनि उनले बताएका छन् । ‘कहिले हाम्रो अध्यक्ष माथी हमला हुन्छ, कहिले मुख्यमन्त्री माथी हमला हुन्छ, सरकारी कार्यालयको साइन बोर्ड फ्याँकिएका छन्, यी सब सत्तारुढ दलका प्रतिनिधिहरुले गरिरहेका छन, हामी भिडियो भने भिडियो, फोटो भने फोटो देखाउन तयार छौं,’ उनले अगाडी भने, ‘तर, यदी गृहमन्त्रीले सुरक्षा दिन सक्दैनन भने एमालेको सुरक्षा एमाले अाफैले गर्छ ।’


प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?