Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

सताधारी पहिचानबादीहरुले एमालेका नेताहरुलाई मात्र आक्रमण गरे : योगेश भट्टराई


२६ जेठ, काठमाडाैँ । कोशी प्रदेश नामकरणको आन्दोलन आफनो पार्टी प्रति लक्षित भएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको् जारी बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले सरकारले सुरक्षा दिन सक्दैन भने पार्टीले आफनो सुरक्षा आफै गर्नेसमेत बताएका छन् ।

‘मधेसमा एमालेलाई लखेटने भनियो, मधेसमा एमाले पहिलो पार्टी भयो, पुर्वमा एमालेलाई लखेटने भनियो, २०७० सालमा ताप्लेजुङ देखी पुर्वका धेरै ठाउँमा हाम्रै पार्टीले नै जीत हासिल गरेको छ,’ भट्टराईले भने, ‘प्रदेशको नाम के राख्ने हामी (केन्द्र) सँग मतलब छैन, त्यो प्रदेशको कुरा हो, कसैलाई नाममा आपत्ति भए दुई तिहाई ल्याएर परिवर्तन गरे भईहाल्छ तर पहिचानको नाममा एमाले माथी आक्रमण भईरहेको छ, यो सैहय छैन ।’

सताधारी पहिचानबादीहरुले एमालेका नेताहरुलाई मात्र आक्रमण गरेको जनाउँदै सरकारले सुरक्षा दिन सक्दैन भने आफै आफनो सुरक्षा गर्ने पनि उनले बताएका छन् । ‘कहिले हाम्रो अध्यक्ष माथी हमला हुन्छ, कहिले मुख्यमन्त्री माथी हमला हुन्छ, सरकारी कार्यालयको साइन बोर्ड फ्याँकिएका छन्, यी सब सत्तारुढ दलका प्रतिनिधिहरुले गरिरहेका छन, हामी भिडियो भने भिडियो, फोटो भने फोटो देखाउन तयार छौं,’ उनले अगाडी भने, ‘तर, यदी गृहमन्त्रीले सुरक्षा दिन सक्दैनन भने एमालेको सुरक्षा एमाले अाफैले गर्छ ।’


प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?