Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

विद्यार्थीको प्रश्न–सूर्तीजन्य पदार्थका विक्री वितरणमा प्रतिबन्ध किन नलगाउने ?


२६ जेठ, बागलुङ । जनताधन माविमा कक्षा १० मा अध्ययनरत नीरज कार्कीले बुधबार एक सार्वजनिक कार्यक्रममा आफ्नो जिज्ञासा राख्दै भने, ‘दक्षिण एसियाकै एउटा देशले चुरोटलाई निषेध गरेको छ, हाम्रो देशले किन त्यसो नगर्ने ?’ उनले राखेको धारणाको विषयमा जवाफ दिने निकाय त्यहाँ थिएन तर, उनले लागुऔषध दुरुपयोगको प्रस्थान विन्दु धूम्रपान हो भन्ने थाहा पाएपछि यो विषय राखेका हुन् ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानमा राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले आयोजना गरेको उपभोक्ता शिक्षा तथा लागुऔषध दुव्र्यसनीसम्बन्धी सचेतना कार्यक्रममा प्रहरी नायब उपरीक्षक मदन केसीले आफ्नो कार्यपत्र प्रस्तुत गरे ।

लागुऔषधबारे उनले केहीबेर चर्चा गरेपछि विद्यार्थीले प्रश्न गरे । धेरैको चिन्ता थियो न्यून आय भएका परिवार र अनाथ बालबालिकालाई कसरी लागुऔषधबाट जोगाउने रु लागुऔषधमा लाग्नै नपर्ने वातावरण समाजले किन तयार नगर्ने ?

विद्यार्थी, अभिभावक र शिक्षक सहभागितामा उपभोक्ता शिक्षा र लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यपत्र प्रस्तुतीपछि विद्यार्थी छलफलमा सहभागी भए । विद्यार्थीले कसैले नेपालमा कानुनीरुपमा धूम्रपानलाई निषेध गर्नुपर्ने माग गरे भने कसैले बधशाला निर्माण गरेर शुद्ध मासुजन्य पदार्थको उत्पादन गर्न माग गरे ।

‘विद्यार्थीले उठाएका विषय जायज छन्, तर कानुन बनेर नआउँदासम्म हामीले केही गर्न सक्दैनौँ’, प्रनाउ केसीले भने, ‘हामीले चेतना फैलाउने हो, कानुनअनुसार कसुरदार भए कारबाही गर्ने हो ।’ भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका प्रमुख ऋषिराम सापकोटाले मासुको उपयोगका बिषयमा चर्चा गरे ।

‘मासु परम्परागत रुपमा प्रयोग गरिरहेका छौँ, कतिपय तरिका वैज्ञानिक छन्, कतिपय सुधार गर्नुपर्ने’ सापकोटाले भने ‘के बुझ्न जरुरी छ भने मासु हाम्रा लागि जसरी उपयोगी खाद्यान्न हो त्यसैगरी सङ्क्रामक कीटाणुको खाना हो ।’ सङ्क्रामक रोगको रुपमा रहेको मासुलाई विवेकपूर्ण प्रयोग गर्नुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले लागुऔषध दुव्र्यसनी र उपभोक्ता सचेतना घर घरमा पुग्नुपर्ने बताए । खड्काले विद्यार्थी सूचनाको संवाहक भएको भन्दै सकारात्मक सन्देश समुदायमा फैलाउन आग्रह गरे ।

उनले विद्यार्थीमा रहेको चासो लागुऔषध दुव्र्यसनीमा प्रतिवादी बन्ने बताए । बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले परिवार र समुदायको हेलचक्य्राइँँ पनि लागुऔषध दुव्र्यसनी बढ्नुको कारण भएको बताए ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख प्रेम अर्यालले खाद्यसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा गणेश माविकी छात्रा अनिसा चुँदाराले विद्यार्थीका तर्फबाट जिज्ञासा राखे ।


प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?