Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

इलाममा एमाले नेतामाथि आक्रमणको प्रयास, ध्यानाकर्षण भएको सरकारको जानकारी


२५ जेठ, काठमाडाैँ । उपसभामुख इन्दिरा रानाले नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको उपनेता राम रानामाथि आज इलाममा भएको आक्रमणको प्रयासबारे सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले उक्त घटनाको विषयमा सरकारको ध्यानाकर्षण गराउन माग गरेपछि उपसभामुख रानाले ध्यानाकर्षण गराएकी हुन् ।

आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल चलिरहेका बेला एमालेका सांसदले उठेर विरोध जनाएका थिए । एमालेका प्रमुख सचेतक पदम गिरीले एमाले कोशी प्रदेश संसदीय दलको उपनेता राम रानालाई आज इलाममा आक्रमण गर्ने प्रयास भएको बताउँदै घटनाको यथार्थ विवरणका बारेमा गृहमन्त्रीले संसद्मा जानकारी नगराए भोलिदेखि संसद् चल्न नदिने बताए । साथै उदयपुरमा पनि कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारमाथि पनि आक्रमणको प्रयास भएको उनको दाबी छ ।

बजेटमाथिको सामान्य छलफलका क्रममा सांसदहरुले रणनीतिक महत्वका विषयमा ध्यान दिन र पर्यटन उद्योगलाई केन्द्रिकृत गर्नु सुझाव दिए । अधिकांश सांसदहरुले सार्वजनिक खरिद ऐनलाई टेकेर निर्वाचन पूर्वाधार क्षेत्र कार्यक्रमको बजेट खर्च गरिनुपर्ने भन्दै एउटा पालिकामा एउटा स्मार्ट विद्यालयको कार्यक्रम बजेटमा राम्रो भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए ।

आजको बैठकमा सांसदहरु रेखा यादव, मेटमणि चौधरी, सर्वेन्द्रनाथ शुक्ल, अरुणकुमार चौधरी, श्यामकुमार घिमिरे, रघुजी पन्त, सञ्जयकुमार गौतम, ईश्वरबहादुर रिजाल, रामकृष्ण यादव, अच्युत मैनाली, दुर्गा राई, राजु थापा, जुलीकुमारी महतोलगायतले विचार राखेका छन्।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?