Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

‘महासागर जापानको निजी ढल होइन’


२५ जेठ, एजेन्सी । चीनले समुद्र र महासागर जापानका निजी ढल नभई मानवजातिको साझा  सम्पत्ति हुन् भन्दै आणविक केन्द्रको प्रदूषित पानी समुद्रमा विसर्जन गर्नु टोकियोको ‘अत्यधिक स्वार्थी र गैरजिम्मेवारपूर्ण काम’ भएको टिप्पणी गरेको छ ।

महासागर र समुद्रमा ‘रेडियोएक्टिभ’ तत्वले प्रदूषित पानी बिसर्जन गर्ने जापानको गैरजिम्मेवारीपूर्ण कामबारे बेइजिङमा बुधबार भएको नियमित पत्रकार सम्मेलनमा  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले उक्त टिप्पणी गरेका हुन् ।

जापान सरकारले फुकुसिमा दाइची आणविक ऊर्जा केन्द्रबाट निष्कने प्रदूषित पानी हानिरहित भएको दाबी गर्दै त्यसलाई समुद्रमा विसर्जन गर्नु न्यायोचित भएको गर्दै त्यसलाई एकमात्र विकल्प भन्दै आएको छ तर तथ्यहरूले अन्यथा प्रमाणित गरेको उनले बताए ।

जापानी मिडियाका अनुसार टोकियो इलेक्ट्रिक पावर कम्पनीद्वारा हालै जारी गरिएको एक प्रतिवेदनमा फुकुसिमा दाइची आणविक ऊर्जा केन्द्रबाट निष्काशन हुनने पानी जापानको खाद्य सुरक्षा कानुनमा तोकिएकोस्तरभन्दा  अधिक रहेको उल्लेख छ ।

“अन्तर्राष्ट्रिय समुदायमा धेरैले यो प्रश्न सोधिरहेका छन्,  यदि आणविक केन्द्रबाट दूषित पानी जापानले भनेजस्तै सुरक्षित थियो भने उसले किन त्यसलाई आफ्नै देशका तालतलैयामा नछाडेर सुरुङमार्गमार्फत समुद्रमा किन विसर्जन गरेको हो ?” प्रवक्ता वाङले प्रतिप्रश्न गर्दै जापानले सुमद्रलाई निजी  ढलका रुपमा प्रयोग गरेको बताए । सस्तो विकल्प रोज्दा त्यस गरिएको उनको आशय थियो ।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?