Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

रूसी रेडियो स्टेशनहरू ह्याक, राष्ट्रपति पुटिनको नक्कली सन्देश बज्यो


२३ जेठ, एजेन्सी । रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन् । रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको छ ।

ह्याकिङ दक्षिणपश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा भएको छ । कीभले यस्ता गतिविधिहरूले लामो-अपेक्षित प्रतिआक्रामक तयारी गरिरहेको बुझिएको जनाएको छ ।

नक्कली सन्देश अझै पनि विभिन्न सामाजिक सञ्जालमा प्रसारित भईरहेको छ ।

रुसी राष्ट्रपति पुटिनको आवाजसँग मिल्दोजुल्दो उक्त आवाजले ती क्षेत्रहरूमा मार्शल ल, सामान्य परिचालन र नागरिकहरूलाई खाली गर्ने घोषणा गरेको छ ।

“यो वास्तवमै ह्याक थियो,” क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई सरकारी एजेन्सी आरआईए नोवोस्तीले भन्नु भएको छ । बेल्गोरोड क्षेत्रीय प्रशासनिक केन्द्रले सन्देश “नक्कली” भएको बताएको छ जसको उद्देश्य “शान्तिपूर्ण बेलगोरोडका बासिन्दाहरूमा त्रास छर्न” केन्द्रित रहेको बुझिएको छ ।

एमआरआइ रेडियो स्टेशनले ह्याकिंगलाई “पूर्ण नक्कली र उत्तेजक” भनेको छ जुन करिब ४० मिनेटसम्म प्रसारित भएको थियो ।


प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?