Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

प्रहरी महानिरीक्षक कुँवर सिङ्गापुर प्रस्थान


२३ जेठ, काठमाडाैँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसिबी)को सम्मेलनमा भाग लिन सिङ्गापुर प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा आगामी जेठ २४ देखि २६ गतेसम्म सिङ्गापुरमा हुन लागेको राष्ट्रिय केन्द्रीय ब्यूरोका प्रमुखहरूको सम्मेलनमा भाग लिन सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

हेड अफ एनसिबी सम्मेलनमा अन्तर्राष्ट्रियस्तरमा हुने अपराध नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण एक सय ९५ सदस्य राष्ट्रका प्रमुख तथा इन्टरपोल महासचिवबीच एकैसाथ समन्वय एवं सहकार्यको विषयहरूमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्मेलनमा इन्टरपोलका सदस्य राष्ट्रका प्रमुखले आ–आफ्ना देशका प्राथमिकताहरू, उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्नेछन् । सम्मेलनमा एनसिबी काठमाडौँ शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबरासमेत सहभागी हुने भएका छन् ।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?