Trending
>>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार


बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आठ मन्त्री नियुक्त गर्दै मौजुदा तीन सदस्यीय मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाइएको हो ।

नव नियुक्त मन्त्रीहरू कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय, युवराज दुलाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, गङ्गानारायण श्रेष्ठलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, केशवप्रसाद पोखरेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एकलाल श्रेष्ठलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, डम्बरबहादुर तामाङलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र राजु बिष्टलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । विना विभागीय मत्री उद्धव थापालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको कार्यभार तोकिएकामा यसअघिनै जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यभार तोकिएको थियो । सपथग्रहण समारोहमा मुख्यमन्त्री जमकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री थपलिया र विना विभागीयमन्त्री थापा पनि उपस्थित हुनुहुन्थ्यो ।

गत पुस २६ गते मुख्यमन्त्री जमकट्टेलको नेतृत्वमा तीन सदस्यीय मन्त्री मन्त्रिपरिषद् गठन गरिएको थियो । नवनियुक्त मन्त्रीहरुले आजै आ–आफ्नो मन्त्रालयको कार्यभार सम्हाल्नुभएको प्रदेश मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: ११ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?