Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

नापी र मालपोत प्रमुख मन्त्रालयका सचिवसँग भर्चुअल अन्तक्र्रियामा


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत र नापी कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रत्येक महिना सचिवसँग कार्यालय प्रमुख कार्यक्रम सञ्चालनमा ल्याएको छ । भर्चुअल माध्यमबाट सञ्चालन हुने सो कार्यक्रममा देशभरिका सबै मालपोत र नापी कार्यालय प्रमुखले मन्त्रालयका सचिव र विभागीय प्रमुखसँग अन्तक्र्रिया गर्ने छन् । कार्यालयका समस्या र सेवा प्रवाहमा अपनाएका अभ्यासबारे विचार विनिमय गर्ने उक्त कार्यक्रमको लक्ष्य रहेको सचिव डा दामोदर रेग्मीले बताउनुभयो ।

कार्यक्रमले जिल्लाका कर्मचारीले सचिव र विभागीय प्रमुखसँग अन्तक्र्रिया गर्दै सेवा प्रवाहमा समन्वय र समस्या समाधान गर्न सहयोग पुगेको उहाँले बताउनुभयो । नापी र मालपोत प्रमुखलाई एकै ठाउँमा राखेर छलफल गरिँदा ती निकायबाट सम्पादन हुने कार्यमा एकरुपता ल्याउने अपेक्षा गरिएको छ । जनतासँग प्रत्यक्ष सरोकार रहेका सबै कार्यालयलाई सदाचारितातर्फ उत्प्रेरित हुन यस कार्यक्रमले सहयोग पुगेको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख निराजन घिमिरेले बताउनुभयो । नापी विभागका महानिर्देशक जनकराज जोशीले नापी र मालपोत कार्यालयका सेवा प्रवाहका दैनिक काम गुनासोरहित तवरबाट सम्पन्न गर्न कार्यालय प्रमुख दत्तचित्त हुनुपर्ने बताउनुभयो । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टले भूमि प्रशासनको कामलाई झन्झटमुक्त बनाउनु सबैको दायित्व भएकाले केन्द्र यसका लागि प्रतिबद्ध रहेको विश्वास दिलाउनुभयो । यसैबीच नापी र मालपोत कार्यालय एकीकरण तथा लेखापढी व्यवसायी सदाचार भएमा सेवाग्राहीले ती कार्यालयबाट प्रदान गरिने सेवा सहज, सर्वसुलभ र सरल हुने सुझाव दिएका छन् ।

मालपोत र नापीबाट हुने सेवा प्रवाहमा गुनासो बढिरहेकाले त्यसमा सुधार ल्याई चुस्तदुरुस्त र गुनासोरहित वनाउन आकस्मिक निरीक्षण र कार्यालयको प्रतिवेदन प्रणालीलाइ व्यवस्थित तुल्याउन आवश्यक रहेको उहाँहरूको भनाइ छ । कार्यालयको सेवा प्रवाहमा सुधार, अभिलेख व्यवस्थापन व्यवस्थित, हेल्पडेस्क सेवाग्राहीमैत्री, मालपोत र नापी कार्यालयको समन्वय भएमा सेवा लिनका लागि अतिरिक्त रकम बुझाउनुपर्ने प्रवृत्ति अन्त्य हुने विश्वास गरिएको छ ।


प्रकाशित मिति: ११ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?