Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

गाजाका वरिष्ठ स्वास्थ्य अधिकारी इजरायली सेनाको हिरासतमा


एजेन्सी। गाजाका स्वास्थ्य अधिकारीहरूले सोमबार दक्षिणी गाजाको एक फिल्ड अस्पताल नजिकै नागरिक पोशाकमा इजरायली विशेष बलले एक वरिष्ठ अधिकारीलाई हिरासतमा लिएको बताएका छन् ।

अबु युसेफ अल–नज्जर अस्पतालका निर्देशक र गाजाको फिल्ड अस्पताल सञ्चालन प्रमुख मारवान अल–हम्सलाई रफाह शहरमा रहेको अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) फिल्ड अस्पताल जाँदै गर्दा पक्राउ गरिएको थियो । इजरायली सेनाले अल–हम्सलाई ढुवानी गरिरहेको एम्बुलेन्समा गोली चलाउँदा उनका एक साथीको मृत्यु भयो । चालकसहित दुई जना घाइते भए । घटनामा प्यालेस्टिनी पत्रकार तमेर अल–जानिनको पनि मृत्यु भयो ।

गाजामा रहेको हमासद्वारा सञ्चालित सरकारी मिडिया कार्यालयले अपहरण र बल प्रयोगको निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लङ्घन भनेर वर्णन गरेको छ । घटनाको बारेमा इजरायली सेनाबाट तत्काल कुनै टिप्पणी गरिएको छैन ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?