Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
३० पुष २०८२, बुधबार
३० पुष २०८२, बुधबार

प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको अध्यक्षमा खनाल


२० जेठ, काठमाडौँ । नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको अध्यक्षमा लिलाराज खनाल निर्वाचित भएका छन् । युनियनको शुक्रबार राति सम्पन्न प्रथम अधिवेशनबाटखनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । युनियनको उपाध्यक्षमा पुष्कर बुढाथोकी, समावेशी उपाध्यक्षमा नीरज तामाङ, महिला उपाध्यक्षमा सीता न्यौपाने, महासचिवमा साइँला तामाङ, सचिवमा अमृत पौडेल, केशव ढुङ्गाना र विष्णु पन्थी, कोषाध्यक्षमा शङ्कर अर्याल र सहकोषाध्यक्षमा पुनिता झा सर्वसम्मत निर्वाचित भएका युनियनका केन्द्रीय महासचिव दिलीप पौडेलले जानकारी दिए ।

सदस्यमा कुवेर गिरी, सम्वेग बस्नेत, दीपेन्द्र अधिकारी, रामहरि पराजुली, सुन्दर पाण्डे, कुमार भण्डारी, सीता शर्मा, सुशीला सिग्देल, मुक्तिनाथ आचार्य, तुलसीराम भण्डारी, नवराज कार्की, दीपक घिमिरे र रमा भुर्तेल निर्वाचित भएका छन् । यस्तै, लेखा समितिको संयोजकमा नारायण अधिकारी, सदस्यमा भावना हमाल र लक्ष्मी गौतम निर्वाचित भएको महासचिव पौडेलले जानकारी दिए । उपत्यका प्रदेश प्रतिष्ठानको अधिवेशन सकिएसँगै सबै प्रदेशमा युनियनको संरचनाले पूर्णता पाएको छ ।

प्रेस युनियनमा उपत्यका तथा प्रतिष्ठान प्रदेशसहित राज्यका सात प्रदेश गरी आठ प्रदेशको व्यवस्था गरिएको थियो । उपत्यका तथा प्रतिष्ठान प्रदेशअन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला शाखा, साँघु उपशाखा र अन्य आठ सञ्चारमाध्यममा गठित प्रतिष्ठान शाखा गरी कूल १२ शाखा छन् । प्रेस युनियनको नयाँ केन्द्रीय समिति गठन भएपछि यसअघि सात प्रदेशमा र ३० जिल्लामा अधिवेशन सम्पन्न भइसकेका छन् । बाँकी जिल्लामा पनि यही जेठ महिनाभित्रमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिए ।


प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?