Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

स्थानीय तहले करको दरमा एकरुपता ल्याउने


१९ जेठ, वीरगञ्ज । वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्रमा पर्ने तीनैवटा स्थानीय तहले अगामी आर्थिक वर्ष २०८०÷८१ देखि करको दरमा एकरुपता ल्याउन गृहकार्य थालेका छन् ।

वीरगन्ज महानगरपालिकाको पहलमा औद्योगिक करिडोर क्षेत्रमा पर्ने वीरगन्ज महानगरपालिकासँगै पर्साको परवानीपुर गाउँपालिका र बाराको जितपुर सिमरा उपमहानगरपालिकाले अगामी आव २०८०÷८१ देखि करको दरमा एकरुपता ल्याउने सहमति गरेका हुन् । तीन स्थानीय तहका प्रमुखबीच भएको बैठकले करको दर र आयका शीर्षकमा एकरुपता ल्याउने निर्णय गर्दै त्यसका लागि कार्यदल बनाइएको छ ।

वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहले औद्योगिक करिडोरमा पर्ने तीनैवटा सरकारले यहाँका उद्योगी–व्यवसायी तथा स्थानीयको सहजताका लागि करको दरमा एकरुपता ल्याउन खोजिएको बताए । संयुक्त बैठकले आयका शीर्षक र करको दरमा एकरुपता ल्याउन वीरगन्ज महानगरपालिकाका राजस्व शाखा प्रमुख मनोज कर्णको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

समितिमा जितपुर सिमरा उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख रामप्रसाद शर्मा र परवानीपुर गाउँपालिकाका राजस्व शाखा प्रमुख कृष्णप्रसाद यादव सदस्य छन् । कार्यदलले यस क्षेत्रमा कुन विषयमा कति कर लगाउन मनासिव देखिन्छ भन्नेबारे अध्ययन गरेर तीन दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ । कार्यदलले अध्ययन गरेर प्रतिवेदन दिएपछि पुनः बैठक बसेर त्यसबारेमा निर्णय लिइने महानगर प्रमुख सिंहले बताए ।

महानगर प्रमुख सिंहको अध्यक्षतामा बसेको बैठकमा जितपुर सिमराका प्रमुख राजन पौडेल, वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, जितपुर सिमराका उपप्रमुख भोलाप्रसाद अधिकारी, परवानीपुर गाउँपालिकाका प्रमुख राछत्रीप्रसाद कुर्मी, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेललगायत सहभागी थिए ।


प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?