Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

३० आदर्श दम्पती सम्मानित


१९ जेठ, चितवन । चितवनका ३० दम्पतीलाई ‘आदर्श दम्पती’का रूपमा सम्मान गरिएको छ । आदर्श नारी विकास केन्द्रले ३२औँ स्थापना दिवसका अवसरमा समाजमा अनुकरणीय काम गर्ने उनीहरूलाई बिहीबार आयोजित एक कार्यक्रममा सम्मानित गरेको हो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश सरकार आदर्श नारी विकास केन्द्रको हरेक कार्यक्रममा सहयोगी बन्ने बताए । केन्द्रले समाज विकासका लागि खेलेको योगदानको सबैले सराहना गर्नुपर्ने उनको भनाइ थियो । सरकार अहिले देशको विकास गर्न लागिपरेको उल्लेख गर्दै मन्त्री जोशीले देश परिवर्तन गर्न कुनै बहाना गर्ने छुट नभएको बताए ।

उनले भने, “जनताको जीवनस्तरमा परिवर्तन ल्याउन हामीले काम गर्ने समय आएको छ ।” सीमित स्रोत साधन र असीमित चाहनाका बीच परिवर्तन देखिने गरी काम गर्नुपर्ने मन्त्री जोशीको भनाइ थियो ।

कार्यक्रममा पाँच आदर्श आमा र पाँच आदर्श सन्ततिलाई समेत सम्मान गरिएको केन्द्रकी अध्यक्ष मीना खरेलले जानकारी दिए । सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनाल, वडा नं २ का अध्यक्ष मनोज रानाभाट, साहित्यकार एवं चराविद् ईश्वर कँडेल, पत्रकार शान्ता अधिकारी, सामाजिक अभियान्ता सरस्वती विष्टलगायतले आ–आफ्नो धारणा राखेका थिए ।


प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?