Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

३० आदर्श दम्पती सम्मानित


१९ जेठ, चितवन । चितवनका ३० दम्पतीलाई ‘आदर्श दम्पती’का रूपमा सम्मान गरिएको छ । आदर्श नारी विकास केन्द्रले ३२औँ स्थापना दिवसका अवसरमा समाजमा अनुकरणीय काम गर्ने उनीहरूलाई बिहीबार आयोजित एक कार्यक्रममा सम्मानित गरेको हो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश सरकार आदर्श नारी विकास केन्द्रको हरेक कार्यक्रममा सहयोगी बन्ने बताए । केन्द्रले समाज विकासका लागि खेलेको योगदानको सबैले सराहना गर्नुपर्ने उनको भनाइ थियो । सरकार अहिले देशको विकास गर्न लागिपरेको उल्लेख गर्दै मन्त्री जोशीले देश परिवर्तन गर्न कुनै बहाना गर्ने छुट नभएको बताए ।

उनले भने, “जनताको जीवनस्तरमा परिवर्तन ल्याउन हामीले काम गर्ने समय आएको छ ।” सीमित स्रोत साधन र असीमित चाहनाका बीच परिवर्तन देखिने गरी काम गर्नुपर्ने मन्त्री जोशीको भनाइ थियो ।

कार्यक्रममा पाँच आदर्श आमा र पाँच आदर्श सन्ततिलाई समेत सम्मान गरिएको केन्द्रकी अध्यक्ष मीना खरेलले जानकारी दिए । सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनाल, वडा नं २ का अध्यक्ष मनोज रानाभाट, साहित्यकार एवं चराविद् ईश्वर कँडेल, पत्रकार शान्ता अधिकारी, सामाजिक अभियान्ता सरस्वती विष्टलगायतले आ–आफ्नो धारणा राखेका थिए ।


प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?