Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

प्रधानमन्त्री दाहाल राजघाटमा, महात्मागान्धीप्रति सम्मान


१८ जेठ, नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मागान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन् ।

भारतमा मात्र नभई विश्वमै शान्ति र अहिंसाका प्रवर्तकका रुपमा परिचित गान्धीप्रति विशेष सम्मान प्रकट गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेका हुशन । महात्मागान्धीलाई नेपालमा पनि उत्तिकै सम्मान गरिने भएकाले भारत भ्रमणमा पुग्ने नेपालका प्रधानमन्त्री गान्धीप्रति सम्मान प्रकट गर्न राजघाट पुग्ने गर्छन् । भारत सरकारले राजघाटलाई पर्यटकीय क्षेत्रका रुपमा पनि विकास गरेको छ ।

राजघाटमा राखिएको पुस्तिकामा प्रधानमन्त्री दाहालले महात्मागान्धीलाई अहिंसाका प्रवर्तक एवं शान्ति र सत्याग्रहमार्फत स्वतन्त्र भारत निर्माण गरेका व्यक्तित्व भनी टिप्पणी गरेका छन्। प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँदिल्ली आइपुगेका हुन् ।


प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?