Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

प्रधानमन्त्री दाहाल राजघाटमा, महात्मागान्धीप्रति सम्मान


१८ जेठ, नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मागान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन् ।

भारतमा मात्र नभई विश्वमै शान्ति र अहिंसाका प्रवर्तकका रुपमा परिचित गान्धीप्रति विशेष सम्मान प्रकट गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेका हुशन । महात्मागान्धीलाई नेपालमा पनि उत्तिकै सम्मान गरिने भएकाले भारत भ्रमणमा पुग्ने नेपालका प्रधानमन्त्री गान्धीप्रति सम्मान प्रकट गर्न राजघाट पुग्ने गर्छन् । भारत सरकारले राजघाटलाई पर्यटकीय क्षेत्रका रुपमा पनि विकास गरेको छ ।

राजघाटमा राखिएको पुस्तिकामा प्रधानमन्त्री दाहालले महात्मागान्धीलाई अहिंसाका प्रवर्तक एवं शान्ति र सत्याग्रहमार्फत स्वतन्त्र भारत निर्माण गरेका व्यक्तित्व भनी टिप्पणी गरेका छन्। प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँदिल्ली आइपुगेका हुन् ।


प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?