Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

महिला क्रिकेट : नेपाल मलेसियासँग पराजित


१५ जेठ, काठमाडाैँ । पाँच खेलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।

मलेसियाको वाइएसडी यूकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल मलेसियासँग पाँच विकेटले पराजित भएको हो । नेपाली महिला टोलीले मलेसियासँग पहिलो पटक हार व्यहोरेको हो ।

यसअघि मलेसियासँग भएका तीन टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अपराजित रहेको थियो । यस जितसँगै अन्तर्राष्ट्रिय सिरिजमा नेपालविरुद्ध पहिलो जित हात पारेको मलेसियाले १–० को अग्रता बनाएको छ ।

आजको खेलमा नेपालले दिएको ५१ रनको सामान्य लक्ष्य मलेसियाले १३ दशमलव २ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । मलेसियाका लागि वान जुलियाले सर्वाधिक १३ रनको योगदान दिइन भने हमिजाहले अविजित १२ रन बनाइन् । त्यसैगरी इना नजवा ८ रनमा अविजित रहिन् । नेपाली टोलीकी कप्तान रुविना क्षेत्री र सीता रानामगरले समान २/२ विकेट झारे भने कविता कुँवरले १ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १६ दशमलव ५ ओभरमा ५० रनमा समेटियो । नेपालको लागि सम्झना खड्काले सर्वाधिक १३ रन बनाइन् भने ज्योति पाण्डेले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ मलेसियाका लागि नीरनुर अतिलाले ३ विकेट लिए भने ऐश्या एलिसा, हमिजाह र महिराह इश्लामीले समान २/२ विकेट लिइन् । उक्त सिरिजअन्तर्गत मलेसिया र नेपालबीचको दोस्रो खेल भोलि हुनेछ ।


प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?